हिमालयन रि इन्स्योरेन्सकाे आईपीओमा आवेदन दिने समय थप

न्भेष्टाेपेपर । पुस १, २०८०

काठमाण्डाैँ । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने समय थप गरेको छ। कम्पनीको आईपीओ निष्काशन ढिलोमा पुस ११ गते बन्द हुनेछ।

पुष ११ गतेसम्म भनिएता पनि आवश्यक संख्यामा आवेदन प्राप्त भएपश्चात सो सम्बन्धी सार्वजनिक सूचना प्रकाशन गरी निष्काशन खुल्ला भएको ४ कार्यदिनपश्चात कुनै पनि दिन निष्काशन बन्द गरिने कम्पनीले जनाएको छ।

सर्वसाधारणमा आफ्नो जारी पूँजी १० अर्ब रूपैयाँको ३० प्रतिशतका दरले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत् १०६ रूपैयाँ थप गरी प्रतिकित्ता २०६ रूपैयाँमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न अनुमति पाएको हो ।

सर्वसाधारणमा विक्री गरिने कुल कित्ता आईपीओ मध्ये १० प्रतिशत दरको ३० लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकिएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरी बाँकी रहेको २ करोड ७० लाख कित्ता शेयरमध्ये ६ लाख कित्ता कम्पनीका कर्मचारीहरूका लागि र १५ लाख कित्ता सामूहिक लगानीकोषका लागि समेत बाँडफाँट गरिसकेको जानकारी कम्पनीले दिएको छ । अब बाँकी रहेको २ करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको हो ।

यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयसँगै मेरो शेयर अनलाईन मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । साथै, आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *