अनौठो रुख ! जसकाे फुल ठ्याक्कै महिला जस्तै हुन्छ

इन्भेष्टोपेपर । भाद्र २५, २०७

काठमाडौं । हामिले रुखमा धेरैथरीका फुल फुलेका देखेका छौँ । तर हामिले रुखमा महिला फुलेको भने पक्कै देखेका छैनौ । भारतमा रहेको एक रुखमा निकै अनौठो फुल फुल्ने गर्छ । 

उक्त रुखमा महिलाको आकृतिको फुल फुलेको छ । त्यो रुखमा फुलेको उक्त फुल देखेर धेरै जना चकित हुन्छन्। उक्त फुल हेर्दा ठ्याक्कै महिला जस्तै देखिन्छ । यो अचम्मको फुल हिमालयमा पाइन्छ । यस फुलको नाम नारीलता हो । 

विशेषज्ञको अनुसार यो फुल २० वर्षमा एक पटकमात्र फुल्ने गर्छ । यो फुल हेर्दा निकै अनौठो लाग्छ । यी फुलहरु रुखमा झुन्डिएका गुडिया जस्ता देखिन्छन् र एकदम अनौठा छन् । 

यो फुल श्रीलंका र थाईल्यान्डमा पनि पाइने बताइएको छ । आँर्किडासिए परिवारको यो फुल हाबेनरिया प्रजातिमा पर्छ । यो फुललाई श्रीलंकामा लियाथाबरा माला पनि भनिन्छ । 

— एजेन्सीको सहयोगमा 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *