बेइजिङमा असामान्य हिमपात, १० वर्ष यताकै सबभन्दा कम तापक्रम हुन सक्ने

इन्भेष्टोपेपर । कार्तिक २२, २०७८

बेइजिङ : चीनको राजधानी बेइजिङ भारी हिमपात भएको छ। शनिबारदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित भएको छ।

यसपटक बेइजिङमा सामान्य हिमपात सुरु हुनभन्दा करिब एक महिना पहिले नै हिमपात भएको हो। हिमपातकै कारण बेइजिङको तापक्रम १० वर्ष यताकै न्यून हुन सक्ने अनुमान गरिएको छ। 

लगातारको हिमपातका कारण उडानहरू स्थगित गर्ने अवस्थामा पुगेको छ भने बस सेवा समेत बन्द गर्ने अवस्था आएको ग्लोबल टाइम्सले जनाएको छ। टाइम्सको समाचार अनुसार ५६ हजार सुरक्षाकर्मी आपत्कालिन व्यवथापनका लागि तयारीसँगै थप तयारी गरिएको छ।

— न्यूज सिएनबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *