अमेरिका र चीनबीच ९० दिनका लागि ट्यारिफ शुल्क स्थगित गर्ने सहमति

न्भेष्टाेपेपर ।  वैशाख २९, २०८२

काठमाडौँ । अमेरिका र चीन आगामी ९० दिनका लागि ट्यारिफ (भन्सार) शुल्क स्थगित गर्न सहमत भएका छन् । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनसँग ९० दिनका लागि ट्यारिफ स्थगन गर्ने र भन्सार दरमा उल्लेखनीय गिरावट ल्याउने सहमति भएको जानकारी दिएका छन् । चीनको वाणिज्य मन्त्रालयले पनि गत अप्रिल २ देखि अमेरिकाविरुद्ध लगाइएको सम्पूर्ण ‘जवाफि ट्यारिफ’ निलम्बन गरिएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

हाल अमेरिकाले चीनबाट आयात हुने वस्तुहरूमा १४५ प्रतिशत र चीनले अमेरिकाबाट आउने केही वस्तुमा १२५ प्रतिशतसम्म ट्यारिफ लगाएका थिए । मन्त्री बेशन्टका अनुसार दुवै पक्षले आफ्ना ट्यारिफमा ११५ प्रतिशतसम्म कटौती गर्ने सहमति गरेका छन् । मे १४ अर्थात् यही बुधबारबाट ट्यारिफ स्थगित हुने निर्णय कार्यान्वयमा आउने बताइएको छ ।

चीनको वाणिज्य मन्त्रालयले आगामी दिनहरूमा पनि अमेरिकाले व्यापारसम्बन्धी विषयमा चीनसँग सहकार्य गर्ने अपेक्षा व्यक्त गरेको छ । बीबीसीका अनुसार मन्त्रालयले भन्सार शुल्क कटौती ‘विश्वको साझा हितमा’ रहेको जनाएको छ ।

अमेरिका र चीनबीच भन्सार शुल्क स्थगनको खबर बाहिरिएसँगै अमेरिकी डलर र चिनियाँ युआनको मूल्य वृद्धि भएको छ । डलरको मूल्य पाउन्ड, युरो र जापानी येनको तुलनामा बढेको छ भने युआनको मूल्य पनि यी तीन प्रमुख मुद्रासँगै डलरको तुलनामा समेत उकालो लागेको देखिएको छ । याे समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *