अमेरिकी राष्ट्रपति बाइडेनले छिट्टै उम्मेदवारी सार्वजनिक गर्ने

न्भेष्टाेपेपर ।  वैशाख ३, २०८०

वासिङ्टन : अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ का लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गर्नुभएको छ। 

पत्रकारहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो, “मैले तपाईंहरूलाई पुनः चुनाव लड्ने मेरो योजना रहेको जानकारी गराएको छु।’’

बाइडेनले चाँडै उम्मेदवारी घोषणा गर्ने बताउनुभएको हो।  ‘‘हामी अपेक्षाकृत चाँडै यसको घोषणा गर्नेछौं,” बाइडेनले आयरल्याण्डको भ्रमणको अन्त्यमा भन्नुभयो।

यता अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओले सन् २०२४ मा हुने राष्ट्रपतीय चुनावमा उम्मेदवारी नदिने बताउनुभएको छ।

पूर्व सैनिक तथा सीआईएका पूर्व निर्देशक पोम्पेओले भविष्यमा राष्ट्रपति  पदका लागि सम्भावित दावेदारी हुनेबारे भने सङ्केत गर्नुभएको छ। 

पोम्पेओले ट्वीटरमा लेख्नुभएको छ, “मेरी पत्नी सुसन र मैले धेरै सोच विचार र प्रार्थनापछि सन् २०२४ को चुनावमा अमेरिकाको राष्ट्रपति पदका लागि आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत नगर्ने निष्कर्षमा पुगेका छौं।”

रिपब्लिकन नेताले व्यक्तिगत कारण देखाउँदै भन्नुभयो, “यो समय मेरो र मेरो परिवारका लागि सही छैन।”

“तपाईंहरूमध्ये धेरैलाई यो घोषणा अनौठो लाग्नसक्छ। म अहिले ५९ वर्षको मात्र भएँ। अझै धेरै अवसर बाँकी छन्। जसका लागि समय अझ उपयुक्त हुनसक्छ भविष्यमा अमेरिकालाई मेरो नेतृत्व अझ बढी आवश्यक हुनसक्छ।”

पोम्पेओले तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी विदेशमन्त्रीमा नियुक्त गरेपछि अमेरिकी विदेश मन्त्रालयलाई आफ्नो कुशल नेतृत्व दिन सफल हुनुभएको थियो।

 वेस्ट पोइन्ट र हार्वर्ड ल मा आफ्नो कुलीन शिक्षाको बावजुद, पोम्पेओ कन्सासमा एक व्यापारीको रूपमा बाहिर आउनुभएको थियो। उहाँ सन् २०१० को दक्षिणपन्थी टी पार्टी लहरमा अमेरिकी काङ्ग्रेसमा निर्वाचित हुनुभएको थियो।

 ट्रम्प स्वयं र संयुक्त राष्ट्रसंघका पूर्व राजदूत निक्की हेली पनि रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारीका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। (रासस/सिन्ह्वा)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *