विण्डोज-१० अपरेटिंग सिस्टमः प्रयोगकर्ताहरुको संख्या १ अर्ब बढी
माघ २०, २०७६ | Investopaper
माइक्रोसफ्टले आफ्नो अपरेटिंग सिस्टम विण्डोज १० लन्च गरेको करिब ५ वर्षमा १ अर्ब कम्प्यूटरहरूमा सो सिस्टम प्रयोग भइरहेको जनाएको छ ।
सन् २०१५ मा माइक्रोसफ्टले आफ्नो विण्डोज १० लन्च गरेको थियो । त्यसबेला कम्पनीले २ देखि ३ वर्षमा नै १ अर्ब प्रयोगकर्ताहरु हुने अनुमान गरेको थियो ।
माइक्रोसफ्टले हालै मात्र आफ्नो पुरोना विण्डोज ७ भर्सनको सेक्यूरिटी अपडेट नआउने घोषणा गरेको थियो भने विण्डोज ७ बाट विण्डोज १० मा निशुल्क अपग्रेड हुने सुविधा दिएको छ ।
— एजेन्सी
