विद्यालयको छानोले हिउँदे पानी छेकेन, विद्यार्थी कक्षाभित्रै छाता ओढ्छन्

Investopaper,  पौष २५,  २०७६

रोल्पा – विद्यालयको छानो चुहिने भएपछि रोल्पाको एक विद्यालयका विद्यार्थीहरु कक्षा कोठाभित्रै छाता ओढेर पढ्न बाध्य भएका छन् ।

रोल्पाको रुन्टीगढी गाउँपालिका १ को राङजात रिठाबोटमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यायलयको छानो मर्मत नहुँदा कठ्याङ्ग्रिदो जाडोमा सबैजसो कक्षाकोठाका विद्यार्थी छाता ओढेर पढ्न बाध्य भएका हुन् । 

जस्तापाता फेर्न पटक–पटक पालिकासँग माग गरेको भए पनि सुनुवाइ नहुँदा विद्यार्थीहरुले सास्ती भोग्नु परेको विद्यालयका प्रधानाध्यापक झक्कु ओलीले गुनासो गर्नुभयो । ‘वडा र गाउँपालिकामा माग गरेका छौँ तर सहयोग भएको छैन’, ओलीले भन्नुभयो, ‘चिसोमा विद्यार्थीको बिजोग भएको छ ।’

यसअघिको वर्षा सुरु नहुँदै जस्तापाता माग गरेको विद्यालयले अहिलेसम्म पनि छानो फेर्न पाएको छैन । भवन पनि जीर्ण अवस्थामा रहेको छ । पानी चुहिने समस्या मात्र नभएर भवन नै भत्किने हो कि ? भन्ने चिन्ता रहेको शिक्षकहरु बताउँछन् । याे समाचार उज्यालाे अनलाइनमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *