अव नेपालमा कस्तुरी पालन गरि विना बेच्न पाइने
Investopaper, पौष २५, २०७६
दाेलखा । बिना बेच्नका लागि अब कस्तुरी पाल्न पाइने भएको छ । बिनाका लागि जंगलमा संरक्षित जनावर कस्तूरीको सिकार भइरहेको बेला अब जंगली कस्तुरीलाई नै पालेर त्यसबाट फाइदा लिन सकिन्छ ।
कस्तूरी पाल्नका लागि गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले आह्वान गरेको छ । आफ्नो संरक्षण क्षेत्रभित्र कस्तूरी पाल्न चाहनेहरु कस्तूरी नै उपलब्ध गराउने भएको छ ।
कस्तूरी पाल्न चाहनेहरुका लागि अब आफ्नै क्षेत्र भित्र पाल्न दिने संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण साहले बताए । जगली जनावर पालेरै त्यसबाट राम्राे आम्दानी लिन चाहनेहरुले निश्चित मापदण्ड पूरा गरेर आयाेजना कार्यालयमा आउन उनले आब्हान गरे । याे समाचार आजको कारोबार दैनिकबाट लिइएकाे हाे ।
