रंगशालामा खेल हेर्नका लागि खोप कार्ड अनिवार्य
इन्भेष्टोपेपर । पुष २८, २०७८
काठमाडौं । कोरोना संक्रमण दर बढेपछि अबदेखि रंगशालामा खेल हेर्न जाने दर्शकका लागि खोप कार्ड अनिवार्य गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले अब रंगशालामा फुटबल हेर्न खोप कार्ड अनिवार्य भएको बताउनु भएको छ ।
हाल राजधानीको दशरथ रंगशालामा भइरहेको सहिद स्मारक ए डिभिजन लिग हेर्न जाने दर्शकले आफूले कोरोना विरूद्धको खोप लगाएको प्रमाणस्वरूप खोप कार्ड देखाउनु पर्ने भएको छ ।
यस्तै, कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता र अन्य रंगशलामा अरू हेर्ने जाने दर्शकले पनि अनिवार्य खोप कार्ड बोक्न पर्नेछ । यस्तै, रंगशालाभित्र पसेपछि सामाजिक दूरी कायम हुने हिसाबले बस्नु पर्ने नियम पनि लागु गरिएको छ ।
