ओमिक्रोनलाई फ्लूका रुपमा नलिन डब्ल्यूएचओले दियो चेतावनी

इन्भेष्टोपेपर । पुष २८, २०७८

काठमाडौं  । कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट अघिल्लो डेल्टा स्ट्रेनभन्दा हल्का रहेको बताइएको छ । धेरै विज्ञहरूले पनि ओमिक्रोन संक्रमितमा फ्लू जस्ता लक्षणहरू भएको दाबी पनि गरिरहेका छन् ।

यसैबीच डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) ले मंगलबार चेतावनी जारी गर्दै यसलाई महामारीको सट्टा फ्लुजस्तो रोग नलिन चेतावनी दिएको हो। डब्ल्यूएचओले ओमिक्रोनको फैलावट अझै स्थिर नभएको बताएको छ।

युरोपका लागि डब्लुएचओका वरिष्ठ आपतकालीन अधिकारी क्याथरिन स्मलवुडले मंगलबार पत्रकार सम्मेलनमा भनिन्, ‘हामी अझै ठूलो अनिश्चितताले घेरिएका छौं। भाइरस अझै तीव्र गतिमा विकसित भइरहेको छ। नयाँ चुनौतिहरु देखा परिरहेका छन् । हामी अझै यो महामारीलाई सीमित रोग घोषणा गर्ने स्थितिमा छैनौं।’

कोभिड–१९ र फ्लुको लक्षणको गम्भीरता व्यक्तिको स्वास्थ्यका आधारमा तय हुने विज्ञहरू बताउँछन् । तर नाक बन्द हुने र झाडापखालाजस्ता समस्याहरू कोभिड-१९ मा कमै देखिने गर्छ। दुवै संक्रमणमा नाकबाट पानी बग्ने, पखाला लाग्ने, घाँटी दुख्ने, मांसपेशी दुख्ने र नाक बन्द हुने समस्या देखिन्छ । यद्यपि धेरै अध्ययनहरूले यसलाई समर्थन गरेको छ। जबकि फ्लूमा यी लक्षणहरू धेरै तीव्र हुन्छन्।

एक रिपोर्टका अनुसार कोभिड–१९ र फ्लू दुवैमा रुघाखोकी र ज्वरो जस्ता लक्षण चाँडै देखिन्छन् । तर नाक बन्द हुने र पखाला लाग्ने जस्ता समस्या कोभिड–१९ मा कमै मात्र देखिन्छन् भने फ्लुमा यस्ता लक्षण प्रायः देखिन्छन् ।

कोभिड–१९ मा केही बिरामीमा थकान र शरीर दुख्ने लक्षण पनि देखिन्छन् भने फ्लुमा यी लक्षणहरू निकै तीव्र हुन्छन् । क्षणहरूलाई निरन्तर निगरानी गरेर, भिन्नतालाई अझ राम्रोसँग बुझ्न सकिन्छ। शरीरमा यसका लक्षणहरूलाई बेवास्ता गर्नुको सट्टा तुरुन्तै परीक्षण गराउनुपर्छ। (अन्नपूर्णपाेष्टबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *