अनौठो शाकाहारी गोही जसले मन्दिरको रक्षा गर्दछ र प्रसाद मात्र खान्छ

इन्भेष्टोपेपर ।  जेष्ठ  २७, २०७७

हामी सबैले अहिलेसम्म जानिरहेकाे कुरा हाे कि गोही एक मांसहारी प्राणी हाे, तर यस दुनियाँमा एउटा यस्तो गोही पनि छ जुन शाकाहारी छ । यो गोहीले तलाउकाे बिचमा रहेकाे मन्दिरको प्रसाद मात्र खान्छ, कसैलाइ हानी पुर्याउँदैन र मन्दीरकाे रक्षा गर्दछ । यतिमात्र होइन कि यो गोही मरेपछि पनि फेरि जिउँदो हुने विश्वास गरिन्छ ।

यो शाकाहारी गोही भारतमा अवस्थित केशसगढ जिल्लाकाे एक सानाे गाँउ अनन्तपुरा छ । यहि गाँउमा रहेकाे केरलाको प्रसिद्ध पद्यानाभस्वामी मन्दिरको बीच तलाउमा यो गोही रहन्छ । यो मन्दिर भगवान विष्णुको हो जुन तलाउको बीचमा बनेको छ । यस तलाउमा रहने यस गोहीको नाम बबिआ हो । यो गोहीले मन्दिरको रेखदेख गर्दछ । बबिआ नामको गोहीको कारणले यो मन्दिर प्रसिद्ध छ ।

मन्दीरकाे तलतउकाे उत्तर पूर्वी किनारामा एक ठूलाे गुफा रहेकाे छ र अरू साना साना प्वालहरू पनि रहेकाछन जुन सधै पानीले भरिएकाे हुन्छ। यही गुफाबाट भगवान कृष्ण अन्तर्ध्यान (बिलुप्त) हुनुभएकाे मान्यता रहेकाे छ र याे शाकाहारी गाेहीले साेहि स्थानकाे सुरक्षा गरिरहेकाे भन्ने पनि मान्यता रहेकाे छ। बबिआले धेरैजसाे समय यही गुफामा बिताउँछ भने केही समयकाे लागि मात्र विहान र दिउँसाे तलाउमा देखा पर्दछ ।

बबिआले मात्र प्रसाद खान्छ

भनिन्छ कि जब यस झीलमा एउटा गोहीको मृत्यु हुन्छ तब रहस्यमय तरिकाबाट अर्को गोही आपसेआप प्रकट हुन्छ । भगवानको पूजापछि भक्तहरुद्वारा चढाइएको प्रसाद बबिआ गोहीलाई खुवाइन्छ । बबिआलाई मन्दिरमा प्रसाद खुवाउने काम मन्दिरको पुजारी मात्रले गर्दछन् । यो गोही शाकाहारी हो र यसले झीलको अन्य जीवलाई पनि कुनै नोक्सान पुर्याउँदैन । बबिआले अहिलेसम्म कुनै माछालाइ पनि खाएकाे देखिएकाे छैन ।

बबिआ गाेहीलाइ चामल र गुड/भेलि/सख्खरबाट तयार गरेकाे प्रसाद दैनिक खुवाउने गरिन्छ । दैनिक कम्तिमा १ केजिकाे प्रसादी खुवाउने गरिन्छ ।

बबिआ ६५ वर्षदेखि तलाउमा छ

अनन्तपुर मन्दिरको झीलमा यो गोही करीब ६५ वर्षदेखि रहिआएको छ । स्थानीय व्यक्ति भन्दछन् कि यस गोहीलाई १९४५ तिर एउटा अंग्रेजले गोली हानेर हत्या गरेको थियो, तर अर्को दिन त्यो गोही त्यहाँ प्रकट भएको थियो । तर यो कुरा भन्न सकिन्न कि यो त्यही गोही थियो या अरु गोही थियो ।

तर गाेली हानेर मार्ने सैनिक केही समयपछि सर्पकाे टाेकाइबाट मृत्यु भएकाे थियाे । याे अनन्त नामकाे नागराजकाे डसाइले मरेकाे विश्वास गरिन्छ ।

यस प्रकार सदियाैदेखि शाकाहारी गाेहीले मन्दीरकाे रक्षा गरिरहेकाे भनाइ पूजारी एबं स्थानीय वासिन्दाहरूकाे रहि आएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *