हिमालयन जनरल ईन्स्योरेन्सको सीईओमा विजय शाह
इन्भेष्टोपेपर । फागुन २, २०७८
काठमाडौं । हिमालयन जनरल ईन्स्योरेन्स कम्पनीले विजय बहादुर शाहलाई आफ्नो नयाँँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा नियुक्त गरेको छ । उहाँले २०७८ फाल्गुन १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्नु भएकाे छ।
हिमालयन जनरल ईन्स्योरेन्समा नियुक्त हुनुभन्दा अघि शाह नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडमा ४ वर्षसम्म सेवा प्रदान गर्नुभएकाे थियाे ।
हिमालयन जनरल ईन्स्योरेन्स नेपालकै सबैभन्दा पुरानो र स्थापित निर्जीवन बीमा कम्पनी हाे ।
