बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रम कार्तिक ७ र ८ गते

इन्भेष्टोपेपर । कार्तिक ३, २०७८

काठमाडौं । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको मिति परिवर्तन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिटामि ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रमको मिति परिवर्तन भएको जनाएको छ।

कात्तिक ३ र ४ गते सदाझैं खुवाइरहेको, तर यस वर्ष दशैंको अवधि भित्र पर्न गएकाले कात्तिक ७ र ८ गते खुवाइन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन जाँदा सही तरिकाले मास्क लगाएर जाने, कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्ने र साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने जस्ता स्वास्थ्य मापदण्डको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *