भद्र सहमति बिपरित एकाएक ब्याजदर बृद्धी गरेपछि राष्ट्र बैंकको हस्तक्षेप
इन्भेष्टोपेपर । कार्तिक ३, २०७८
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले भद्र सहमति बिपरित एकाएक ब्याजदर वृद्धि गरेपछि नेपाल राष्ट्र बैंकले ब्याजदर वृद्धिमा हस्तक्षेप गरेको छ । व्याज बृद्धी राेक्न बैंकर्स एशाेसिएसनले राष्ट्र बैकलाइ अनुराेध गरेकाे थियाे ।
सिइयाे क्लवले निक्षेपकाे व्याजदर एकल विन्दुमा राख्ने भद्र सहमति गरेता पनि बैंकहरुले ११.६६ प्रतिशतसम्म ब्याजदर पुर्याएपछि राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थालाई ३ बुँदे निर्देशन जारी गर्दै ब्याजदर वृद्धिमा हस्तक्षेप गरेको हो ।
बैंकहरुले ब्याजदर परिवर्तन गर्दा अघिल्लो महिनाको तुलनामा १० प्रतिशतभन्दा बढी बढाउन वा घटाउन नपाउने व्यवस्था गरिएको छ । यस्तै व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर संस्थागतभन्दा १ प्रतिशत बिन्दुले बढी हुनुपर्ने छ ।
कात्तिका महिनाका लागि प्रकाशित ब्याजदर परिवर्तन गरी यही कात्तिक ३ गतेभित्र संशोधन गरी ५ गतेभित्र दैनिक पत्रिकामा प्रकाशित गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंकहरुले निक्षेपको ब्याजदर ११ प्रतिशत भनदा माथि पुर्याएपछि राष्ट्र बैंकलाई हस्तक्षेप गर्न दबाव बढेको थियो ।
नेपाल राष्ट्र बैंकबाट जारी गरिएकाे सूचनाः

