आगामी ३ दिन भारी वर्षाकाे सम्भावना, सतर्कता अपनाउन अनुरोध

इन्भेष्टोपेपर । भाद्र २६, २०७७

अबको तीन दिन देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन जारी गर्दै न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित भएकाले आज (शुक्रबार) देखि आइतबारसम्म देशभर मेघगर्जनसहित भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

आज शुक्रबार देशको अधिकांश भू-भागमा सामान्य बदली रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज आज प्रदेश १,  प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र प्रदेश ५ का भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्यासहित पानी पर्ने सम्भावना रहेको छ । आज बिहानैदेखि काठमाडौं उपत्यकाको साथै गण्डकी प्रदेशका एकरदुई स्थानमा अहिले भारी वर्षा भइरहेको छ ।

आज प्रदेश १,  प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र प्रदेश ५ का केही ठाउँहरूमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ । ‘प्रदेश १ , प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

भोलि (शनिबार) र पर्सी आइतबार पनि प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *