डेक्जामिथेसोनको उत्पादन वृद्धि गर्न डब्ल्युएचओको आग्रह

इन्भेष्टोपेपर । असार ९, २०७७

काठमाडौ । विश्व स्वास्थ्य संगठनले डेक्जामिथेसोनको उत्पादन तिब्र बनाउन आग्रह गरेको छ । बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयको अध्ययन र परीक्षणले डेक्जामिथेसोनको प्रयोगले कोरोना भाइरसका जटिल बिरामी बाँच्न सक्ने पर्याप्त सम्भाबना देखाएपछि विश्व स्वास्थ्य संगठनको यस्तो आग्रह आएको हो ।

शोध र परीक्षणबाट आएको तथ्याङ्कले कोरोना सङ्क्रमित बिरामीका लागि अत्यन्त आवश्यक भइसकेको उत्सव झैं हुने जेनेभामा आयोजित भर्चुअल पत्रकार सम्मेलनको क्रममा विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रस अदनोम गेब्रेससले बताउनुभयो । विश्व स्वास्थ्य संगठनका प्रमुख गेब्रेससले भन्नुभयो, “डेक्जामिथेसोनको उत्पादन वृद्धि गर्नु अर्को चुनौती हो, सबैभन्दा बढी आवश्यक रहेको स्थानमा आपूर्तिसँगै समान रुपले वितरण हुनु अझै महत्वपूर्ण हुनेछ ।”

बेलायतमा परीक्षणपछि देखिएको नतिजाले डेक्जामिथेसोनको माग अचानक बढेको छ । गेब्रेससले भन्नुभयो, “भाग्यवश डेक्जामिथेसोन महँगो छैन् र विश्वका थुप्रै राष्ट्रमा यसका उत्पादक छन् जसले उत्पादनलाई प्रवेग दिनेछ ।

श्वास लिन कठीन हुने बिरामीलाई मात्रै डेक्जामिथेसोन चिकित्सकको निगरानीमा प्रयोग गरिनुपर्ने परीक्षणपछि बेलायती विज्ञहरुले सुझाब दिएका छन् । यद्दपी डेक्जामिथेसोनको प्रयोग हल्का लक्षण भएका र बिरामी भएकामा भाइरस निर्मलीकरणमा सघाउने पुष्टि भइसकेको छैन् ।

— एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *