शुक्रबार मनी प्लान्टमा रातो धागो वा रिबन किन बाँधिन्छ ?
इन्भेष्टोपेपर । श्रावण ०८, २०७८
धर्मशास्त्र अनुसार हाम्राे जीवनमा धेरै प्रकारका क्रियाकलापहरू नियन्त्रित हुन्छन । हिन्दू परंम्परा र रीति रिवाजले जीवनमा शुभ र अशुभसंग विभिन्न घटनाक्रमहरू जाेडिएका हुन्छन । यस्तै घरमा लगाएकाे मनी प्लान्टमा पनि मानिसहरूकाे विश्वास अडिएकाे छ ।
सामान्यतया, तपाई हामीले मानिसहरुका घरभित्र गमलामा वा घरको बाहिर मनी प्लान्टको विरूवा लगाएकाे देख्न सक्छाै। मनी प्लान्ट घरको समृद्धिसंग सम्बन्धित देखिन्छ। मानिन्छ कि जुन घरमा मनी प्लान्टको बिरुवा जति लामो हुन्छ त्यति नै धन आउछ।
मानिसहरूले गरिरहेकाे विश्वासका अनुसार जसकाे घरमा मनी प्लान्टकाे बोट छ त्यसले घरमा सधै पैसाकाे बास हुन्छ र आफ्नो घरको पैसासँग सम्बन्धित समस्या झेल्नु पर्दैन।
जन विश्वासका अनुसार शुक्रबार राति मनी प्लान्टको माथि रातो रंगको धागो वा रिबन बाँध्नु शुभ मानिन्छ।
वास्तवमा रातो रंगलाई प्रेम, स्नेह, प्रगति र प्रख्यातीकाे प्रतीक मानिन्छ। त्यसैले रातो रिबनले बिरुवा बाध्नाले घरमा एकता र सकरात्मकता छाउने मानिन्छ । यस सकारात्मकको कारण घरमा लक्ष्मीको प्रवेश हुने मान्यता रहेको छ।
राताे धागाे वा रिवन बाँध्ने विधिः
- शुक्रबारको दिन बिहान उठेर नुहाई धुवाई गरी लक्ष्मीको पूजा गर्ने।
- त्यसको अगाडी दियो बाल्ने।
- रातो रङको धागो वा रिबनलाई लक्ष्मीको खुट्टामा राख्ने।
- फेरि लक्ष्मीलाई आरती गर्ने।
- लक्ष्मी मातालाई ध्यान गरेर मनी प्लान्टको जरालाई चारैतिर बाध्ने।
यसलाई बाधेपछि केहि दिनपछि मनी प्लान्ट बढ्छ। घरमा लक्ष्मीको प्रवेश हुन्छ र धनको बर्सात हुन्छ।
