थाईराईडलाई सन्तुलनमा राख्न अति उपयाेगी पाँच खानेकुरा

इन्भेष्टोपेपर । श्रावण ०८, २०७

पछिल्लो केहि वर्ष यता धेरै मानिसहरुमा थाईराईडको समस्या देखिन थालेका छ । थाइराइड घाँटीमा हुने एक प्रकारको रोग हो । यस रोग लागेपछि घाँटी सुन्निने, कपाल झर्ने र मुटुको चाल बढाउने शरीरको मोटोपन हुने अथवा दुब्लोपन हुने लगायतका समस्याहरु देखा पर्छन् । 

त्यसैले आज हामी तपाईहरुलाई थाईराईड भएको बेला खान हुने कुराहरुको बारेमा जानकारी दिन गई रहेका छौं । जस्ले थाईराईडलाई सन्तुलन राख्न सहयोग गर्दछ ।

फलफूल
फलफूलमा एन्टिअक्सिडेन्ट पाईने भएकोले थाईराईडका रोगीले फलफूलको अत्यधिक सेवन गर्नुपर्छ ।  जसले रोग प्रतिरोधी क्षमता बढाएर थाईराईडका कारण आउने समस्याबाट बचाउँछ ।

बेसार 
एक गिलास दूधमा बेसारको पाउडर हालेर पिउँने गर्दा थाईराईड सन्तुलनमा रहन्छ । 

लौकाको जुस
थाईराईड बढ्ने र घट्ने समस्यामा लौकाको जुस पिउने गर्नुपर्छ । 

तुलसी 
दुई चम्चा तुलसीसँग आधा चम्चा ध्यूकुमारीको जुस मिसाएर हरेक दिन सेवन गर्दा थाईराईड सन्तुलनमा रहन्छ । 

माछा 
समुन्द्री माछाहरु सेलफिश र झिंगामा आमेगा ३ फ्याटी एसिड  पाईने भएकाले थाईराईडका बिरामीले माछाको सेवन गर्नुपर्छ ।  जसले थाईराईडका रोगीलाई फाइदा पुर्याउँछ । 

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *