फुर्का नाच संरक्षणमा हुम्ला बराईगाउँका महिला

इन्भेष्टाेपेपर ।  असाैज ६, २०७९

हुम्ला ।  सर्केगार्ड गाउँपालिका–६ को बराईगाउँमा महिलाले मात्र नाच्ने फुर्का नाचको संरक्षणमा महिलाहरू लागेका छन्। पछिल्लो पुस्ता सबै पढ्न लेख्न थालेपछि लोप हुने चिन्ता देखिएपछि  महिला आफैँ यसको संरक्षणमा लागेका हुन् ।

स्थानीय जानकी ऐडीले जिल्लाका अन्यत्र गाउँमा महिलाले नाच्ने फुर्का नाचको संरक्षणमा गाउँका महिला जुटेका बताउनुभयो। उहाँले गाउँभरि पछिल्लो पुस्ताकी छोरीचेली सबै विद्यालय जान थालेपछि महिलाले नाच्ने फुर्का नाच हराउला भन्ने चिन्ताले यसको संरक्षणमा महिला आफैँ जुटेको बताउनुभयो।

महिलाले नाच्ने यो नाच पुस महिनामा पर्ने स्थानीय पर्व भुओमा नाचिने भए पनि अन्य चाडपर्वमा समेत यसको संरक्षणका लागि नाच्ने गरिन्छ। महिलाले नाच्ने यो नाचमा महिला सहभागी नभए घरमा राम्रो नहुने धार्मिक विश्वास भएका कारण प्रत्येक घरबाट महिला सहभागिता रहने गरेको छ। यो नाचको संरक्षण गर्न पुराना पुस्ताका महिला लागेको स्थानीय भक्तराज ऐडीले बताउनुभयो।

जनजाति समुदायका अन्य गाउँमा भने महिलाले यो नाच नाच्दैनन्। महिलाले नाच्ने भएका कारण रमाइलो हेर्न टाढाटाढाबाट मानिस उक्त गाउँमा आउने गर्छन्। (गाेरखापत्रबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *