जि.डब्लु.एम. हाभल जोलायनलाई फाइभ–स्टार सेफ्टी रेटिङ
इन्भेष्टाेपेपर । असाैज ६, २०७९
काठमाण्डाैँ । जि.डब्लु.एम हाभल जोलायनलाई अष्ट्रेलेसियन न्यू कार एसेसमेन्ट प्रोग्रामद्वारा अधिकतम फाइभ–स्टार सेफ्टी रेटिङ प्रदान गरिएको छ ।
यस परीक्षणमा जि.डब्लु.एम. हाभल जोलायनलाई विभिन्न सम्भावित दुर्घटनामा जाँच गर्नका साथै उक्त दुर्घटनामा गाडीमा सवार ड्राईभर र यात्रुको सुरक्षको परीक्षण गरिएको थियो । यसका साथ साथै अरु गाडीहरुसँग ठोकिदा वा पैदलयात्री तथा साईकल चालकहरुको सुरक्षाका लागि पनि मुल्यांकन गरी उक्त रेटिङ प्रदान गरिएको हो ।
जि.डब्लु.एम. गाडीले सुरक्षामा दिएको जोड र यस सम्बन्धित सुविधा तथा फिचरहरुका साथ प्रिमियम ड्राइभबिलिटीले विश्वभरका उपभोक्ताको राजाईमा पर्ने विश्वास लिईएको छ ।
