प्रिमियर इन्स्योरेन्सको बोनस शेयर सूरक्षित गर्ने आज अन्तिम दिन

Investopaper, असार १९, २०७६

प्रिमियर इन्स्योरेन्स कम्पनीको ८४ प्रतिशत बोनस शेयर सूरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । शेयरधनी दर्ता पुस्तिका असार २० गतेदेखि ३१ गतेसम्म बन्द रहने भ्एकाले उक्त बोनस शेयर असार १९ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।

असार १० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २५औं वार्षिक साधारण सभा असार ३१ गते हुने भएको छ ।

सभाको प्रस्तावमा ८४ प्रतिशत बोनस शेयर वितरण गर्ने र निर्जीवन व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण अधिकार संचालकलाई प्रदान गर्ने रहेको छ । ८४ प्रतिशत बोनस शेयरमा लाग्ने कर सम्बन्धित शेयरधनीले व्यहोर्नु पर्नेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *