आर्थिक संकटबाट मुक्ति पाउन मंगलबार गणेशजीको पूजा गर्दा जप्नुहोस् यी ११ मन्त्र !

इन्भेष्टोपेपर । भाद्र ०९, २०७७

हिन्दू धर्म अनुसार भगवान श्री गणेशलाई सर्वश्रेष्ठ देवताको रुपमा मान्ने गरिन्छ । हरेक दिन सबैभन्दा पहिले गणेशजीको पूजा गरेपछि मात्र अन्य देवतालाई पूज्ने चलन रहिआएको छ ।

हात्तीको शिर तथा मान्छेको जस्तो शरीर र ठूलो भुँडी भएका भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायकको रुपमा पूजा गर्ने गरिन्छ। मंगलबार भगवान गणेशको नाममा वर्त बस्ने र मन्दिर गएर विधिवत रुपमा गणेशजीको पूजा गर्ने गर्छन।

मंगल ग्रहलाई समस्याको निर्माता मानिने भएकाले यसको खराब प्रभावलाई जोगाउनको लागी पनि यस दिन वर्त बसी विधिवत रुपमा भगवान गणेशको पूजा आराधना गर्ने गरिएको हो।

आज हामी तपाईहरुलाई भगवान गणेशको पूजा गर्दा जप्नुपर्ने केही मन्त्रहरु बताउन जाँदै छौँ जसबाट गणेशजी छिटो प्रसन्न हुने र उहाँको कृपाले जीवनमा सफलता मिल्ने गर्छ।

गणेशजीको पूजामा जप्नुपर्ने ११ मन्त्रहरु यी हुन् :

  • १ – श्री गणेशाय नम:
  • २ – ॐ श्री गणेशाय नम:
  • ३ – गं गणपतये नम:
  • ४ – ॐ गं गणपतये नम:
  • ५ – ॐ गं ॐ गणाधिपतये नम:
  • ६ – ॐ सिद्धि विनायकाय नम:
  • ७ – ॐ गजाननाय नम:
  • ८ – ॐ एकदंताय नमो नम:
  • ९ – ॐ लंबोदराय नम:
  • १० – ॐ वक्रतुंडाय नमो नम:
  • ११ – ॐ गणाध्यक्षाय नमः।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *