यमनका सरकारी फौजद्वारा लाल सागरको सहरमा हुथीमाथि प्रहार

इन्भेष्टाेपेपर । भाद्र २७, २०८३

दुबई ।  यमनको रियाद-समर्थित सरकारी फौजले शनिबार रणनीतिक लाल सागरस्थित सहर ‘मोचा’ मा इरान-समर्थित हुथी लडाकुमाथि प्रहार गरेको जनाएको छ । एक साता लामो आक्रमणपछि, हुथीले शुक्रबार यमनको लाल सागर तटीय क्षेत्र कब्जा गरेको बताइएको छ ।

यससँगै उनीहरूले ‘बाब अल-मान्दब जलसन्धि’मा आफ्नो पकड बलियो बनाएका छन् अमेरिका-इरान युद्धका कारण ‘हर्मुज जलसन्धि’ बन्द रहेको अवस्थामा साउदी अरबको तेल निर्यातका लागि यो जलसन्धि एक महत्वपूर्ण मार्ग बनेको छ। सरकारी समाचार संस्था ‘साबा’ का अनुसार, सशस्त्र फौजले मोचा सहरको बन्दरगाह नजिकै इरानी शासनको समर्थन प्राप्त हुथी विद्रोही समुह मिलिसियाका सवारीसाधन र हतियार नष्ट गर्नुका साथै उनीहरूका सदस्यको हत्या गरेका छन् । 

साबाका अनुसार, यमनी सरकारी फौजका प्रवक्ता माजिद अब्दुल्लाह अल-नाजिलीले उनीहरूले सहरबाट-११ किलोमिटर टाढा रहेको मोचा-धुबाब सडकमा पनि हुथीको सवारीसाधन र सदस्यमाथि प्रहार गरेका छन् । नाजिलीले शुक्रबार मोचाका विभिन्न क्षेत्रमा गोलाबारी सुरु गरिएको जानकारी दिँदै नागरिकलाई ताइज-मोचा र मोचा-धुबाब सडक प्रयोग नगर्न आग्रह गर्नुभएको छ ।

हुथीले बिहीबार मोचामाथि नियन्त्रण कायम गरेका भने उनीहरूको आक्रमणका कारण धेरै मानिस भागेर ‘एडेन’ पुगेका छन्, जहाँ अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारको मुख्यालय रहेको छ । शुक्रबार, हुथी सञ्चारमाध्यमले साउदीको दुई वटा प्रहार मोचाको विमानस्थलमा लागेको जनाएका छन भने स्थानीय अधिकारीले सहरको समुद्री बन्दरगाहमा अज्ञात स्रोतबाट आएका छ वटा क्षेप्यास्त्र प्रहार भएको बताउनुभयो । 

दुवै पक्षका स्रोतका अनुसार, गत साता सुरु भएको हुथी आक्रमणमा ५०० भन्दा बढी मानिसको ज्यान गइसकेको छ । संयुक्त राष्टसङ्घको आप्रवासन निकायले शुक्रबार जनाएअनुसार, यस आक्रमणका कारण करिब ४६, हजार मानिस विस्थापित भएका छन् । यो यमनको गृहयुद्धमा पुनः सुरु भएको शत्रुताको एक हिस्सा हो, जुन सन् २०१४ मा उक्त समूहले राजधानी साना नियन्त्रणमा लिएसँगै सुरु भएको थियो ।  (रासस/एएफपी) 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *