अंपुन चक्रवातका कारण देशभरि मेघगर्जनसहित वर्षा

इन्भेष्टोपेपर । जेष्ठ ०६ २०७७

काठमाडौं । चक्रवात अंपुनको प्रभावले आगामी तीन दिन देशभरि बदली रही मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दक्षिण बङ्गालको खाडीको मध्यभागमा अंपुन शक्तिशाली चक्रवात धेरै शक्तिशाली चक्रवातका रूपमा विकसित भइसकेको छ । उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा आजदेखि पूर्वी नेपालको मौसम बदली हुने जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि अंपुन चक्रवातको प्रभावले देशैभरि बदली भइ केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक–दुई स्थानमा भारी हिमपातसमेत हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

उक्त प्रणालीको प्रभावले बुधबारदेखि देशैभरि बदली भइ मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । “शुक्रबारसम्म देशभर सो प्रणालीको प्रभावले वर्षा हुने र वर्षा प्रिमनसुनको जस्तो भइ निरन्तर भइरहने छ”, मौसमविद् मानन्धरले भन्नुभयो ।

नेपालको सन्दर्भमा अंपुन (AMPHAN) चक्रवातको प्रत्यक्ष प्रभाव नरहेपनि यसको अप्रत्यक्ष प्रभावबाट देशको खासगरि पूर्व र मध्य क्षेत्रको मौसम आगामि ३-४ दिन सम्म प्रभावित हुनेछ। पूर्व र मध्य क्षेत्रमा केहि स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हिमपात समेत हुन सक्ने छ भने पूर्व र मध्य क्षेत्रमा खोलानालाहरुमा जलप्रवाहमा समेत बढोत्तरि हुने सक्ने भएकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

जेठ  गते (मंगलबार)

दिउँसोः देशको पूर्व र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा आंशिक बदली रहनेछ।मध्य तथा पूर्वी  भू-भागका थोरै स्थानमा  मेघगर्जन  सहित  हल्का  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको पूर्व र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा पूर्वी  भू-भागका थोरै स्थानमा  मेघगर्जन  सहित  हल्का वर्षाको  सम्भावना रहेको छ।

जेठ  गते (बुधबार)

दिउँसोः देशको  मध्य तथा पूर्वी  भू-भागहरुमा सामान्य  बदली रही पश्चिमी भू-भागका केही  स्थानहरुमा आंशिक बदली रहनेछ।मध्य तथा पूर्वी    भू-भागका  केही  स्थानहरुमा मेघगर्जन सहित  हल्का  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको मध्य तथा पूर्वी  भू-भागहरुमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।मध्य तथा पूर्वी   भू-भागका  केही र पश्चिमका थोरै स्थानहरुमा  मेघगर्जन  सहित हल्का वर्षाको सम्भावना रहेको छ।

जेठ  गते (बिहीबार)

दिउँसोः देशको  मध्य तथा पूर्वी  भू-भागहरुमा पूर्ण बदली रही पश्चिम भू-भागहरुमा सामान्य  बदली रहनेछ।मध्य तथा पूर्वी   भू-भागका  केही र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको  मध्य तथा पूर्वी  भू-भागहरुमा पूर्ण बदली रही पश्चिम भू-भागहरुमा सामान्य  बदली रहनेछ।मध्य तथा पूर्वी   भू-भागका  केही र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *