अष्ट्रेलियन ओपनको उपाधि नाओमी ओसाकाले जितिन्
इन्भेष्टाेपेपर । फागुन ०९, २०७७
काठमाडौं । जापानकी नाओमी ओसाकाले अष्ट्रेलियन ओपनको महिलातर्फको उपाधि जित्नुभएको छ । पहिलो पटक अष्ट्रेलियन ओपनको फाइनलमा पुगेकी जेनिफर ब्राडीलाई सोझो सेटमा हराउँदै याे उपाधि माथि कब्जा जमाउनु भएकाे हाे ।
मेलबर्न पार्कमा शनिबार सम्पन्न उपाधिको होडमा ओसाकाले ६–४ र ६–३ को सोझो सेटमा जेनिफर ब्राडीलाई हराउनुभयो । २३ वर्षीया नाओमी ओसाकाको यो चौथो ग्रान्ड स्लाम उपाधि हो ।

सेमीफाइनलमा उहाँले अमेरिकी सेरेना विलियम्सलाई पराजित गर्नुभयो । सेरेना विलियम्सलाइ पनि ६-३ र ६-४ काे साेझाे सेटमा हराउनु भएकाे थियाे । अष्ट्रेलियन ओपनको उपाधि उहाँले दोस्रो पटक उचाल्न सफल हुनुभयो । (एजेन्सीकाे सहयाेगमा)
