अस्ट्रेलियाको जितः अम्पायरकाे निर्णय र भूमिकाकाे मारमा वेष्ट इण्डिज टिम

Investopaper, जेष्ठ २४, २०७६

विश्वकप क्रिकेट प्रतियाेगिताकाे दशाै खेलमा अष्ट्रेलियाले १५ रनकाे जित हासिल गरेकाे छ । यस खेलमा अम्पाएरकाे निर्णय र भूमिका प्रति वेष्ट इण्डिज खुसि भएन । खेल अवधिभर एकपछि अर्काे गलत निर्णय र मनाेवैज्ञानिक मारमा गुज्रियाे वेष्ट इण्डिजकाे टिम ।

पहिले व्याटिंग गर्दै ७९ रनमा ५ विकेट गुमाएको अस्ट्रेलियाले ४९ ओभरमा अलआउट हुनुअघि २ सय ८८ रन जोडेको थियो । आठौं नम्बरमा ब्याटिङ गरेका कटलर नाइलले ६० बलमा ९२ रन बनाउँदै अस्ट्रेलियालाई राम्रो स्कोरमा उभ्याए । स्मिथले ७३ रन बनाए ।

२ सय ८९ रनको विजय लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ९ विकेटकाे क्षतिमा, शुरूवाति ओभरदेखि अम्पाएरकाे गलत निर्णय झेल्दै २ सय ७३ रनमात्र बटुल्न सक्यो । जसमा साइ हाेपकाे ६८ र जेसन हाेल्डरकाे ५१ रनकाे याेगदान रह्याे ।

अम्पायरकाे भूमिकामा थिए क्रिस गफ्यानी (अष्ट्रेलिया) र रूचिरा पल्लियागुरूंगे (श्रीलंका) । क्रिस गफ्यानीले अष्ट्रेलियन बलरकाे अपिललाइ टार्न सकेनन, २.५ र २.६ ओभरमा लगातार आउटकाे इशारा गरे तथापी रिभ्यूमा दुवै पटक सफल हुदै क्रिस गेलकाे पक्षमा हरियाे बत्ति बल्याे ।

त्यसकाे लगत्तै ४.४ ओभरमा मिचेल स्टार्कले गरेकाे क्लियर नाे बललाइ अम्पाएरले अनदेखा गरे । फ्रिहिट हुनुपर्ने पांचाै बलमा गफ्यानीले एलविडव्लू आउट दिए, रिभ्यू त भयाे तर अम्पाएर कलकाे नियम लगाउदै आउटकाे संकेत पश्चात क्रिस गेल पेभेलियन फर्किए ।

क्रिजमा राम्रै जमेका जेसन हाेल्डरलाइ पनि श्रीलंकन अम्पाएर रूचिराले २९.५ ओभर र ३५.३ ओभरमा औला माथि उठाए तर दुवै पटककाे रिभ्यूमा उनी आउट नभएकाे संकेत प्राप्त भयाे ।

अष्ट्रेलियन व्याटिंगमा पनि वेष्ट इण्डिज रिभ्यू मार्फत विकेट लिन सफल भयाे, जवकि अष्ट्रेलियाले रिभ्यू लिनै परेन । १७.२ ओभरमा केरीलाइ कट एण्ड क्याच आउट दिन गफ्यानीले अस्विकार गरेका थिए, जुन रिभ्यू मार्फत गलत सावित भयाे ।

अतिरिक्त रन र वाउन्स बलकाे बिषय पनि शंकास्पद नै रह्याे । वेष्ट इण्डिजले फ्याकेकाे २७ अतिरिक्त रन मध्ये २४ वटा वाइड र एक नाे बल रह्याे । अष्ट्रेलियन पारीकाे २० अतिरिक्त रन मध्ये ११ वाइड र ९ लेगवाइ रन वेष्ट इण्डिजकाे खातामा जाेडियाे ।

-एएफपी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *