आज सुनकाे भाउ स्थिर,चाँदीकाे भाउमा भने झिनाे बृद्धी
Investopaper, असाैज ०१, २०७६
साेमवार १ हजार १ सय रूपैयाँले बढेकाे सुनकाे भाउ हिजाे र आज बुधबार भने स्थिर रहेकाे छ । यसैगरि चाँदीमा भाउ हिजाे स्थिर रहेपनि आज भने बृद्धी भएकाे छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज असाैज १ गते बुधवार छापावाला सुन प्रतितोला ७१ हजार ३ सय रूपैयाँ कायम भएकाे छ । हिजाे भाद्र ३१ गते मंगलवार पनि नेपाली बजारमा छापावाला सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँमा काराेवार भएकाे छ । तेजाबी सुनकाे मूल्यमा पनि कुनै फेरबदल भएकाे छैन ।

यसैगरी, चाँदीकाे मूल्यमा भने झिनाे बृद्धी भएकाे छ । हिजाे चाँदीको मूल्य प्रतितोला ८ सय ६५ रूपैयाँ थियाे भने आज प्रति ताेला ८ सय ७० रूपैयाँमा नै खरिदबिक्री भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
गत साउन सुरुवातदेखि नै लगातार बढेर ७३ हजार ५०० रुपैयाँसम्म पुगेको सुनको भाउ पछिल्लो केही दिन घटेता पनि हिजाे फेरी मूल्यमा उच्च बृद्धी भएकाे थियाे । सुनको मूल्य उच्चरूपले बढ्दा सुन कारोबार ठप्प जस्तै भएको व्यवसायीहरू बताउँछन ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीकाे मूल्यमा फेरबदल आएकाले नेपालमा पनि भाउ घटबढ भएकाे छ । दिनदिनै घटबढ भैरहने सुनचाँदीकाे मूल्य भाेलीका दिनहरूमा के हुन्छ भनेर किटानीकासाथ भन्न नसकिने व्यवसायीहरू बताउँछन ।
