आफ्नो राशी अनुसार विद्याकी देवी सरस्वतीलाई खुसि पाराै, परीक्षामा सफल बनाै

इन्भेष्टोपेपर । असार १९, २०७७

सरस्वती मातालाइ विद्याकी अधिष्ठार्ति देवीकाे रूपमा मानिन्छ । धर्म शास्त्रानुसार जसकाे मुखमा सरस्वतीकाे बास हुन्छ उक्त विद्यार्थीले उत्कृष्ठ ज्ञान आर्जन गर्नसक्ने मानिन्छ । विद्यार्थीको काम पढाइ अनि प्रत्येक कक्षा/तहकाे समाप्तीपछि अनिवार्य परीक्षा दिनु पर्दछ ।

जसले परीक्षामा सफलता हासिल गर्न सक्छ उसले उक्त स्तर उत्तिर्ण भएकाे मान्यता प्राप्त हुन्छ । जब जब फाइनल परीक्षा नजिकिन्छ, अधिकाशं विद्यार्थीमा एक किसिमको भय रहने गरेको छ । परीक्षामा राम्रो अंक प्राप्त गर्न मेहनत, ध्यानका साथै देवी सरस्वतीको आराधाना गर्नु उत्तम हुन्छ । शास्त्र अनुसार यो सबैभन्दा सरल र राम्रो विकल्प मानिएको छ ।

देवी सरस्वतीकाे पूजा आरधना गरि खुसि तुल्याउन आफ्नाे राशी अनुसार भिन्नभिन्न प्रकृया तथा पूजा विधि अपनाउनु पर्ने बताइएकाे छ । तसर्थ माता सरस्वतीलाई आफ्नाे राशी अनुसार विभिन्न प्रसादी अर्पण गरि परीक्षामा राम्रो अंक प्राप्त गरेर सफलता हात पार्ने हैन त ?

 १. मेष राशी
मेष राशीका विद्यार्थीले देवी सरस्वतीलाई बेसनको लड्डु अर्पण गर्नुपर्दछ । यी राशीका जातक परीक्षा आउनु अगावैबाट धेरै डराउने स्वभावका रहने भएकाले संयम रहनुहोला ।

 २. वृष राशी
वृष राशीका विद्यार्थीले देवी सरस्वतीलाई बर्फी मिठाई अर्पण गर्नुपर्दछ । यी राशीका जातकमा परीक्षाको डर क्षणिक मात्र हुने भए पनि अध्ययनमा भने विशेष रुचि दिनुहोला ।

 ३. मिथुन राशी
मिथुन राशीका विद्यार्थीले देवी सरस्वतीलाई हरियो धागो अर्पण गरी धारण गर्नुपर्दछ । परीक्षामा राम्रो नतिजा ल्याउन पिस्ता र अम्बक पनि अर्पण गर्न सकिन्छ ।

 ४. कर्कट राशी
कर्कट राशीका विद्यार्थीले देवी सरस्वतीलाई दूधबाट बनेका मिठाई र किसमिस अर्पण गर्नुपर्दछ । यस राशीका जातकमा परीक्षाको भय नहुने भएकाले पढाइमा ध्यान कम जान्छ ।

 ५. सिंह राशी
सिंह राशीका विद्यार्थीले देवी सरस्वतीलाई अनार अर्पण गरी त्यसैलाई प्रसादको रुपमा ग्रहण गर्नुपर्दछ । यस राशीका जातकलाई परीक्षामा भन्दा पनि नतिजाका बेला डर हुने गर्दछ ।

 ६. कन्या राशी
कन्या राशीका विद्यार्थीले देवी सरस्वतीलाई मख्खन र मिश्री अर्पण गरी त्यसैलाई प्रसादका रुपमा ग्रहण गर्नुपर्दछ । पढ्ने शैलीमा सुधार गरी पढ्न खोजेपनि अध्ययनमा मन जादैन ।

 ७. तुला राशी
तुला राशीका विद्यार्थीले देवी सरस्वतीलाई रसवरी र काजू अर्पण गर्नुपर्दछ । पढाईमा मन नजाने यस राशीका जातकले मेहनत गरेको खण्डमा राम्रो नतिजा प्राप्त गर्न सक्दछन् ।

 ८. वृश्चिक राशी
वृश्चिक राशीका विद्यार्थीले देवी सरस्वतीको नियमित पुजा गरी खराब बानि सबै त्याग्नु पर्दछ । दैनिक एक चमच मह खाएर परीक्षा दिएमा राम्रो अंक प्राप्त हुन्छ ।

 ९. धनु राशी
धनु राशीका विद्यार्थीले देवी सरस्वतीलाई बदाम र मिश्री अर्पण गरी प्रसादका रुपमा ग्रहण गर्नु पर्दछ । यस राशीका जातकलाई पढाईमा रुचि नहुने भए हदै रुचि हुने गर्दछ ।

 १०. मकर राशी
मकर राशीका विद्यार्थीले देवी सरस्वतीलाई तुलसीको जरा अर्पण गरी धारण गर्नुपर्दछ । यस राशीका जातकलाई अध्ययनमा मन नलाग्ने भएकाले तुलसीको पात र मह खानु पर्दछ ।

 ११. कुम्भ राशी
कुम्भ राशीका विद्यार्थीले देवी सरस्वतीलाई बर्फी लगायतका गुलिया मिठाई अर्पण गर्नुपर्दछ । यस राशीका जातकलाई रुचि नभएको बेला अध्ययन गर्न सक्दैनन् ।  

१२. मीन राशी
मीन राशीका विद्यार्थीले देवी सरस्वतीलाई दैनिक पान अर्पण गरी प्रसादका रुपमा ग्रहण गर्नुपर्छ । यस राशीका जातकलाई परीक्षाको चिन्ता भन्दा पनि श्रेणीको चाहना हुने गर्दछ ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *