इन्टरनेटमा कुल १.९५ बिलियन वेबसाइट। जान्नुहोस् इन्टरनेट सम्बन्धी अरु १० रोचक तथ्याङ्क।
२१ औ शताब्दिमा इन्टरनेटले मानिसको जीवनशैली पुरै परिवर्तन गरेको छ। इन्टरनेट बिनाको जीवन मानिसले कल्पना पनि गर्न नसक्ने भैसक्यो।विस्तारै इन्टरनेट मानिसको आधारभूत आवश्यकता हुँदै गइरहेको छ। समाचार, ज्ञान , रिसर्च, व्यापार, किनमेल, मनोरन्जन, ई-मेल, फाइल डाउनलोड आदिका लागि इन्टरनेटको प्रयोग गरिन्छ।
विश्वभरनै मोबाइलको प्रयोग र इन्टरनेटको पहुँच बढ्दो छ। वाई-फाई र मोबाइल डाटा प्रयोग नगर्ने मान्छे अहिले विरलै भेटिन्छन् र इन्टरनेटको मूल्य पनि घट्दै गएको अवस्थामा यसको प्रयोग अझै बढ्दै जाने देखिन्छ। विशेष गरी सोसल मिडियाको प्रयोगकर्ता विश्व भरनै बढिरहेका छन्। तल पढ्नुहोस् मार्च २०१९मा संकलन गरिएको इन्टरनेट सम्बन्धि १० तथ्याङ्कहरु।
- अहिले विश्वभर लगभग ४.२१ अर्ब इन्टरनेट प्रयोगकर्ता छन्।
- इन्टरनेटका प्रयोगकर्ता सबैभन्दा बढी एसियामा ४९ प्रतिशत छन् भने युरोपमा १६.८ प्रतिशत, अफ्रिकामा ११ प्रतिशत र उत्तर अमेरिकामा ८.२ प्रतिशत छन्।
- इन्टरनेटमा कुल १.९५ बिलियन वेबसाइट छन्।
- गुगलमा प्रत्येक सेकेन्ड औसतमा ४०,००० पटक खोजी हुन्छ। यसको मतलब गुगलमा प्रत्येक वर्ष १.२ ट्रिलियन खोज हुन्छ।
- गुगल क्रोम ब्राउजर सबैभन्दा बढी प्रयोग हुने ब्राउजर हो। यो ब्राउजर विश्वभर ६१.७२% मानिसले प्रयोग गर्छन् । यस्तै एप्पलको सफारी १५.२३%, फायरफक्स ४.६६ प्रतिशत, ओपेरा ३.१५ प्रतिशत र इन्टरनेट एक्सप्लोरर २.८१% इन्टरनेट प्रयोगकर्ताले चलाउँछन्।
- इन्टरनेट चलाउने मध्य ३.२ बिलियन सोसल मिडिया प्रयोगकर्ता छन।
- सबैभन्दा पपुलर सर्च इन्जिन गुगल हो।
- २०१८मा WordPress ले १५.५ बिलियन पेज भिउ पाएको थियो।
- ४४.१ प्रतिशले ल्यापटप र डेक्सटपबाट इन्टरनेट चलाउँछन् भने ५१.६ प्रतिशतले मोबाइलबाट इन्टरनेटको उपयोग गर्छन्।
- मानिसले मोबाइलमा सबैभन्दा बढी समय खर्चिने एप्पहरुः Maps, messenger, music, photos, weather and games हुन्। सोसल मिडिया तर्फ Facebook, YouTube, WhatsApp, Facebook Messenger, WeChat, Instagram सबैभन्दा बढी पपुलर छन्।
