खाली पेटमा यस्ता खानेकुरा नखानु नै उत्तम

अहिले धेरैजसो मानिस स्वास्थ्यप्रति सचेत छन्। मानिसहरू स्वस्थकर खानेकुरामा ध्यान दिन थालेका छन्। तर, स्वस्थकर खानेकुरा खाँदैमा स्वस्थ भइन्छ भन्ने हुँदैन। यसका लागि खानपानको तौरतरिका तथा समय मिलाउनु पनि जरुरी हुन्छ। नत्र स्वस्थकर खानेकुराले पनि नोक्सान पुर्‍याउँछ। जानकारहरूका अनुसार यी खानेकुरा खाली पेट खानुहुँदैन।

केरा
केरा पौष्टिक आहार भरिपूर्ण फल मानिन्छ। यसमा आइरन र पोटासियमको मात्रा बढी हुन्छ। तर, बिहान खाली पेट खायो भने यो खतरनाक पनि हुन सक्छ। चिकित्सकका अनुसार विशेषगरी माइग्रेन र एसिडिटीका बिरामीले केरा खाली पेट खानु हुँदैन। किनकी खाली पेट केरा खाँदा एसिडिटी बढाउँछ।

अमिला फलफूल
अमिला फलफूल अधिकांशले रुचाउँछन्। तीमध्ये सुन्तला त धेरैको प्रिय मानिन्छ। तर, खाली पेट खायो भने मानव शरीरका लागि ‘विष’ बन्न सक्छन्। त्यसकारण अमिलो फलफूल खाली पेट खानुको सट्टा नास्ता गरेर खानु उपयुक्त हुने जानकार बताउँछन्।

दही
दही पेटका लागि निकै उपयोगी खानेकुरा हो। गर्मी मौसममा त यो निकै फाइदाजनक हुन्छ। तर, खाली पेट दही खायो यसको पौष्टिक तत्व शरीरले पाउँदैन। एसिडिटी  उत्पन्न हुन्छ।

चिया/कफी
चिया वा कफी पिउनु नेपाली संस्कृति नै बनेको छ। त्यससँगै निद्रा हटाउन पनि मानिसहरूले प्रायः चिया वा कफी पिउने गरेको पाइएको छ। यसले शरीरलाई ‘रिलाक्स’ अनुभव गराउँछ। तर, खाली पेट चिया वा कफी पिउँदा शरीरलाई फाइदा होइन, नोक्सान गराउँछ। खाली पेट चिया वा कफी पिउँदा शरीरमा एसिडिटीको मात्रा बढाउने चिकित्सकहरू बताउँछन्। उनीहरूका अनुसार चिया–कफीमा भएको कैफिन वा निकोटिनबाट एसिड बन्छ। यसले पाचन प्रणालीमा असर पुर्‍याउँछ।

मसालेदार खाना
अधिकांशले खानामा अत्यधिक मसला प्रयोग गर्छन्। यसले खाना त मिठो बनाउँछ। तर, स्वास्थ्यमा प्रतिकूल असर पार्छ। चिकित्सकका अनुसार मसालेदार खानेले शरीरमा एसिडको मात्रा बढाउँछ। र, पेट दुख्ने समस्या पनि निम्त्याउन सक्छ।

— बिभिन्न पत्रपत्रिकाबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *