खुलामुखी सामूहिक लगानी ( Open-end Mutual Fund Scheme) को बिषेशताहरु जान्न पढ्नुहोस् सेबनले जारी गरेको विज्ञप्ति।
धितोपत्र बोर्डले धितोपत्र बजारमा नयाँ वित्तीय औजारको रुपमा खुलामुखी सामूहिक लगानी योजना सम्बन्धमा प्रेस विज्ञप्ति जारी गरेको छ।
बोर्डको आ.ब. २०७५।०७६ को नीति तथा कार्यक्रममा धितोपत्र बजारमा सामूहिक लगानी कोष अन्तर्गत खुलामुखी योजना (Open end Mutual Fund Scheme) लाई समेत प्रवेश गराउने कार्यक्रम रहे अनुरुप बोर्डले एक योजना व्यवस्थापक (NIBL Sahabhagita Fund) लाई प्रयोगात्मकरुपमा प्रारम्भिक आकार रु.५० करोड रहने गरी पहिलो खुलामुखी सामूहिक लगानी योजना संचालन गर्न अनुमति प्रदान गरेको छ । उक्त योजना अन्तर्गत पहिलो चरणमा १२ करोड ५० लाख बराबरको ईकाइहरु सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री खुल्ला हुनेछ ।
वि. सं. २०६७ सालमा सामूहिक लगानी कोष नियमावली लागू भए पश्चात बोर्डले हालसम्म करीव १६ अर्व रुपैयाँ बराबरको १७ वटा बन्दमुखी योजना (Close end Mutual Fund Schemes) हरु मात्र संचालनमा रहेकोमा धितोपत्र बजारमा नयाँ वित्तीय औजारको रुपमा बोर्डले उक्त खुलामुखी सामूहिक लगानी कोष योजना संचालन गर्न अनुमति प्रदान गरेको हो
खुलामुखी योजनाका निम्न बमोजिमको बिशेषताहरु हुन्छन्ः
- बन्दमुखी योजना जस्तो खुलामुखी योजना स्टक एक्स्चेन्जमा सूचीकरण नहुने र धितोपत्र दलालमार्फत कारोवार नहुने ।
- योजनाको खुद सम्पत्ति मूल्य ९ल्भत ब्ककभत ख्बगिभ० को आधारमा योजना व्यवस्थापकले नै योजनाको इकाईको खरीद बिक्री सुविधा उपलब्ध गराउने हुँदा लगानीकर्ताहरुले चाहेको बखत सहजै इकाई खरीदबिक्री गर्न सक्ने ।
- खुलामुखी योजना निश्चित अवधिमा परिपक्व हुने नभई निरन्तर संचालनमा रहने ।
- लगानीकर्ताहरुले ईकाइ खरिद गर्दा कुनै शुल्क ९भ्लतचथ ीयबम० नलाग्ने ।
- बन्दमुखी योजना जस्तै खुला मुखी योजनाको प्रति इकाई मूल्य १० रुपैयाँ हुने र न्यूनतम १००० रुपैयाँ सम्ममा इकाई खरीद गर्न सकिने ।
- लगानीकर्ताहरुको माग अनुसार योजनाको आकार बृद्धि गर्न सकिने र नयाँ योजना समेत ल्याउन सकिने ।
- खुलामुखी योजनाको प्रवेशसँगै लगानीकर्ताहरुलाई लगानीका लागि नयाँ वित्तीय औजार उपलब्ध हुने र यसबाट लगानीकर्ताहरुले लगानी विविधीकरण गर्न सहयोग पुग्नुकासाथै धितोपत्रबजारमा नयाँ आयाम थप हुने र हाल अन्य खुलामुखी योजना समेत आउने क्रममा रहेकोेमा यसबाट बजारको दायरा फराकिलो हुन सहयोग पुग्ने बोर्डले विश्वास लिएको छ ।
