ताप्लेजुङ हेलिकप्टर दुर्घटना : श्रद्धाञ्जलीकाे लागी टुँडिखेलमा उर्लियो जनसागर
Investopaper फागुन १७, २०७५
काठमाडौ : ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलि दिन उहाँहरुको शव टुँडिखेलमा राखिएको थियो । त्रिवि शिक्षण अस्पतालबाट शव यहाँ ल्याइएपछि श्रद्धाञ्जलिको कार्यक्रम शुरु भएको थियो ।
श्रद्धाञ्जली दिन मृतकका परिवार, आफन्तजन, शुभेच्छुकको टुँडिखेलमा भीड लाग्यो । पुष्पगुच्छा अर्पण गर्दै सम्झिनुपर्ने सबैले सम्झिए । एक किसिमको जनसागर नै टुँडिखेल उर्लियो । बिहान ८ बजेदेखि ११ बजेसम्मको समयमा पुग्नेहरुले श्रद्धाञ्जली दिए । अहिले शब आ-आफ्नो परिवारलाई बुझाइएको छ ।
श्रद्धाञ्जली कार्यक्रम सकिनेबित्तिकै मन्त्री अधिकारीको शव श्रद्धाञ्जलीका लागि कास्कीको पोखरा लगिएको छ । अन्य व्यक्तिको पार्थिव शरीर आआफ्नो परिवारले उपयुक्त ठानेका स्थानमा लगेर अन्तिम संस्कार गरिरहनुभएको छ । काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।
आजै राष्ट्रपति विद्यादेवी भण्डारीले हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनामा श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले नेकपाका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा भएको निधनमा बिहीबार शोक प्रस्ताव पारित गरेको थियो । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा झण्डा ओढाउनुभयो । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
यसैगरि दिवङ्गत मन्त्री अधिकारीलगायत सातै जनाको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा एवं मन्त्रीहरुले श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाप्रति शुक्रबार काठमाडौको टुँडिखेलमा श्रद्धाञ्जलि व्यक्त गर्न सर्वसाधारणको भीड ।

राष्ट्रिपति विद्यादेवी भण्डारी ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्रप्रसाद अधिकारी पार्थिक शरिरमा पुष्पगुच्छा चढार्इ श्रदधाञ्जली दिदै ।

प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्रप्रसाद अधिकारी पार्थिक शरिरमा श्रद्धाञ्जली व्यक्त गरी राष्ट्रिय झण्डा ओढाउदै ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्रप्रसाद अधिकारीकाे पार्थिक शरिरमा पार्टीको झण्डा ओढाउदै ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मन्त्री रविन्द्रप्रसाद अधिकारीकाे पार्थिक शरिरमा श्रद्धाञ्जली व्यक्त गरी पार्टीको झण्डा ओढाउदै ।

प्रदेश नम्बर ५ का मुख्यान्त्री शंकर पोखरेल ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाप्रति शुक्रबार काठमाडौको टुँडिखेलमा श्रद्धाञ्जलि अर्पण गर्दै ।

प्रदेश नम्बर १ का मुख्यान्त्री शेरधन राई ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाप्रति शुक्रबार काठमाडौको टुँडिखेलमा श्रद्धाञ्जली अर्पण गर्दै ।

गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाप्रति शुक्रबार काठमाडौको टुँडिखेलमा श्रद्धाञ्जलि अर्पण गर्दै सर्वसाधारण ।

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाप्रति शुक्रबार काठमाडौको टुँडिखेलमा श्रद्धाञ्जलि अर्पण गर्दै सर्वसाधारण ।

गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाप्रति शुक्रबार काठमाडौको टुँडिखेलमा श्रद्धाञ्जलि अर्पण गर्दै सर्वसाधारण ।
– सवै फाेटाे साैजन्यः रोशन सापकोटा, रासस
