थप ९ जना सहित नेपालमा कोरोना सङ्क्रमित ३०४ पुगे
इन्भेष्टोपेपर । जेष्ठ ०५ २०७७
नेपालमा आज सोमबार विहानसम्म थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । रौतहट र बाराका गरी ९ जना सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय प्रयोगशाला, टेकु काठमाण्डौमा गरिएको परीक्षणअनुसार रौतहटको इशनाथ नगरपालिकाका २१, २१, २३, २५, २५, २९ र ३० वर्षका पुरुषहरु, तथा रौतहटकै माधबनारायण नगरपालिकाकी २८ वर्षीया महिला तथा बाराको करैयामाइका ३८ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

