दर्जनौं निकायमाथि अख्तियारको विशेष निगरानी

इन्भेष्टोपेपर । असार २१, २०७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगमा बढी उजुरी परेका दर्जनौं क्षेत्र तथा निकायमाथि विशेष निगरानी बढाएको छ । जसअनुसार संघीय मामिला मन्त्रालय र त्यसअन्तर्गतका विभिन्न स्थानीय तह, शिक्षा क्षेत्रसँग सम्बन्धित विश्वविद्यालय, विद्यालय, शिक्षा कार्यालय तथा युनिट, भूमि प्रशासनसँग सम्बन्धित मालपोत नापी कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका निकाय, सकड, यातायातलगायतका क्षेत्र विशेष निगरानीमा परेका छन् ।

यसैगरी वन तथा वातावरण मन्त्रालय मातहतका निकाय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मातहतका निकाय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका निकायविरुद्ध पनि अख्तियारमा अत्यधिक उजुरी परेकाले ती निकाय विशेष निगरानीमा राखिएको अख्तियारले जनाएको छ ।

आयोगमा चालू आर्थिक वर्ष २०७७/७८ को साउनदेखि जेठ मसान्तसम्मको अवधिमा १३ हजार ३३ उजुरी परेका थिए । अघिल्लो वर्षबाट जिम्मेवारी सरेका ८ हजार २ सय र जेठ महिनासम्म परेको १३ हजार ३३ सहित २१ हजार २ सय ३३ उजुरीमध्ये जेठ मसान्तसम्म ११ हजार ४ सय २४ उजुरी फस्र्र्योट भएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

फस्र्र्योट भएका मध्ये ४ सय १६ वटा उजुरी विस्तृत अनुसन्धानमा गएको छ भने १ हजार १ सय ७३ वटा उजुरी आयोगका विभिन्न महाशाखामा छानबिनका लागि पठाइएको छ । यस्तै, ६ हजार ७ सय ९३ वटा उजुरी सिधै तामेलीमा पठाइएको छ भने ५ सय २८ वटा उजुरी सुझावसहित तामेलीमा पठाइएको आयोगले जनाएको छ ।

अख्तियाले परेका उजुरीको विश्लेषण गर्दै सबैभन्दा बढी उजुरी परेका क्षेत्र तथा निकायलाई विशेष निगरानीमा राखेको हो । आयोगका प्रवक्ता रिसालले आयोगमा परेको उजुरीको संख्या र प्रतिशतलाई विश्लेषण गरी धेरै उजुरी परेका क्षेत्रमा विशेष निगरानी बढाइएको बताए । आयोगका अनुसार हालसम्मको उजुरीको अवस्था हेर्दा सबैभन्दा बढी उजुरी संघीय मामिला मन्त्रालयअन्तर्गत स्थानीय तहविरुद्ध परेका छन् । हालको र जिम्मेवारी सरेको सहित स्थानीय तहविरुद्ध ६ हजार ८ सय ५४ वटा उजुरी परेका छन् । याे समाचार राजधानी दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *