नेपाललाई चीनले उच्च महत्व दिएको छ : राष्ट्रपति सी

इन्भेष्टोपेपर ।  श्रायण १७, २०७७ 

काठमाडौं : चीनले नेपाललाई उच्च महत्व दिएको चिनियाँ राष्ट्रपति सी चिनफिङले बताएका छन्। ६५ औँ नेपाल–चीन कुटनीतिक सम्बन्धको वर्षगाँठको अवसरमा राष्ट्रपति सीले विकास एवं स्थायित्वका निम्ति रचनात्मक योगदान गर्न तत्पर रहेको बताएका हुन्।

शुभकामना तथा बधाई सन्देशमा उनले राष्ट्रपति सीले समकक्षी विद्यादेवी भण्डारीसँग मिलेर काम गर्न चाहेको बताएका छन्। त्यसले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास सीले लिएका छन्।

चिनियाँ सञ्चार माध्यम सिन्ह्वाका अनुसार राष्ट्रपति सीले क्षेत्रीय स्थिरता र विकासमा सकारात्मक योगदान पुर्‍याउन समकक्षी भण्डारीसँग काम गर्न आफू तयार रहेको पनि बताएका छन्। यसले दुई देशका नागरिकलाई धेरै फाइदा दिने उनले बताएका छन्।

उनले चीन र नेपालबीच ६५ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएयता पारस्परिक राजनीतिक विश्वास सुदृढ हुनाका साथै आपसी लाभका खातिर सहयोगात्मक सम्बन्ध घनिभूत भएको बताएका छन्। 

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई ज्ञापन गरेकी छन्। सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी हुन्।

राष्ट्रपति सीले गत अक्टोबरमा गरेको नेपालको ऐतिहासिक राजकीय भ्रमण तथा त्यस अवसरमा दुवै देशले आपसी सम्बन्धलाई अझ उन्नत तुल्याउन विकास र समृद्धिका लागि चिरस्थायी मैत्रीयुक्त सहयोगको रणनीतिक साझेदारीको निर्णय गरेका स्मरण राष्ट्रपति भण्डारीले गरिन्। 

सन्देशमा राष्ट्रपति भण्डारीले गत अप्रिलमा आफूले गरेको चीनको राजकीय भ्रमण र त्यस बखत दुवै देशबीच भएका महत्वपूर्ण सम्झौता र समझदारीको पनि सम्झना गरिन्। अन्नपूर्ण पाेष्टबाट ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *