परदेशीकाे पिडा, घरकाे दु:ख र सम्झना झल्कने मार्मिक गीत : “रिनै रिनकाे” (भिडियाे सहित)

इन्भेष्टोपेपर । भाद्र २९, २०७७

‘आकाशबाट बाकसमा नआए
ढोका खोल भन्नेछु म आए’ (पुरुष)

‘घरै धराप छ पहिरो खसेर
बाली खायो सलह पसेर’ (महिला)

यी शब्द लोकगायक विष्णु खत्रीको दशैँ गीत ‘रिनै रिनको’का हुन् । गीतमा प्रवासी नेपाली र तिनका आश्रित परिवारको दुःख, पीडा अभिव्यक्त छ । श्रीमानले दशैँमा घर आउने दिनको ठेगान छैन भन्छन् । श्रीमतीलाई जीवनसाथी नभएको गाउँघर शून्य लाग्छ । 

श्रीमान् भन्छन :
के दशैँ मान्छ्यौ र रिनै रिनको
​मेरो केही भर छैन आउने दिनको ।

श्रीमती भन्छिन :
के दशैँ मानौ र रिनै रिनको
​शून्य छ गामवेशी तिमी बिनाको ।

कोरोना महामारीका कारण कमाइ गुमेको छ । दशैँ खर्च पठाउन सक्ने स्थिति छैन । यता श्रीमतीलाई बालबच्चा र घर धान्न गाह्रो छ । परदेशी कहिले आउँछन् भनेर बाटो कुर्न विवश छिन र भन्छिन :

चर्न गाको गाई गोठमा फर्कन्छ
साँझपख झनै मन चर्कन्छ ।

श्रीमान् आफैसँग गुनासो गर्छन :
बाउ त बने बाउ जस्तो भैन म
हेर्नै छाडेँ आफ्नो मुख ऐनामा ।

चाडबाडमा पनि परिवारको मन दुखाएकामा उनी पछुतो मान्छन् । परदेशी हुनुको विवशता स्वीकार्छन् । गीतको सवालजवाफ अघि बढ्छ । आखिरीमा श्रीमती पुकारा गर्छिन :

मर्न पाए तिम्रो मुख हेरी
छोड्थ्यो कि त सुसाउन सल्लेरी ।
रिनै रिनको ……..

गीत टुङ्गिन्छ । गीतकाे म्युजिक भिडियाे गएकाे आइतबार खत्रीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएकाे हाे । गीतमा खत्री र गायिका पूर्णकला बिसीको स्वर छ । रचना र सङ्गीत पनि गायक खत्रीकै छ ।

सुमधुर क्रियशनद्वारा उत्पादित गीतको म्युजिक भिडियोमा कलाकार ओवी रायमाझी र सारिका केसीको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन कपिल लामाले गरेका छन् । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *