प्रमुख अनुसन्धान अधिकृत विरुद्ध विशेष अदालतमा मुद्दा दायर

इन्भेष्टाेपेपर । असाैज २६, २०७७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

गुट्खा तथा चिनी व्यवसायी अनिलकुमार झाबाट मासिक रुपमा घुस लेनदेन गर्ने गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले प्रमुख अनुसन्धान अधिकृत राना र व्यवसायी झालाई रुपियाँ दुई लाख घुस लेनदेन भएको अभियोगमा पक्राउ गरेको थियो ।      

आयोगले आरोपीद्वय राना र झाविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै आइतबार अदालतमा मुद्दा दायर गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।  (रासस)  

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *