फर्स्ट माइक्रोफाइनान्सकाे तेस्रो त्रयमासको प्रगति विवरण, नाफामा झण्डै २६ प्रतिशत बढाेत्तरी

काठमाडौं, बैशाख ३ । फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडले आव २०७५/७६ को तेस्रो त्रयमासमा खुद मुनाफा ९ करोड १८ लाख रुपैयाँ कमाएको छ ।

जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा २५ . ७५ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा नाफा ७ करोड ३० लाख रुपैयाँ कमाएको थियो ।

यस माइक्रोफाइनान्सले चुक्ता पुँजी ५६ करोड ७७ लाख रुपैयाँबाट ६८ करोड ४३ लाख रुपैयाँ पुर्याएको छ । जसले जगेडाकोषमा १८ करोड ९२ लाख रुपैयाँ छुट्टयाएको छ ।

माइक्रोफाइनान्सले कर्जा लगानीमा ३४ . १८ प्रतिशतले वृद्धि गरी ५ अर्ब १८ करोड ५२ लाख रुपैयाँ लगानी गरेको छ ।

यस कम्पनीले खुद व्याज आम्दानीमा २० प्रतिशतले वृद्धि गरी १४ करोड ४९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा २६ दशमलव ३१ प्रतिशतले वृद्धि गरी १४ करोड ४४ लाख रुपैयाँ पुगेको छ । जसले खुद व्याज आम्दानी तथा संचालन मुनाफामा वृद्धि गरेको हुदाँ नाफामा पनि वृद्धि गरेको हो ।

प्रमुख वित्तिय सूचकांकहरूः

  • प्रति शेयर आम्दानी वार्षिक १७ . ९० रुपैयाँ,
  • निष्कृय कर्जा शुन्य प्रतिशत,
  • जोखिम युक्त सम्पत्ति १७ . २२ प्रतिशत,
  • मूल्य आम्दानीको अनुपात २१ . ३९ गुणा,
  • प्रतिशेयर नेटवर्थ १२७ . ६५ रुपैयाँ र
  • तरलता अनुपात ९ . ०१ प्रतिशत रहेको छ ।
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *