मान्छे दैनिक कति घण्टा अरुको कुरा काट्छन ? पुरूष वा महिला, धनी वा गरीब काे अगाडी ? अध्ययन के भन्छ ?

इन्भेष्टोपेपर । फागुन २१, २०७६ 

चाहे जस्तोसुकै मानिस किन नहोस् दिनमा एक पटक भएपनि आफ्ना अगाडि नभएको मान्छेको कुरा काटेकै हुन्छ । यो मानिसको प्रवृत्ति नै हो ।

कसैको कुरा काट्ने बानी हुन्छ भने कतिले प्रशंसा र राम्रो नियतले पनि कुरा गरिरहेका हुन्छन् । यस्तोमा एउटा नयाँ अनुसन्धानपछि युनिभर्सिटी अफ क्यालिफोर्नियाका अध्ययनकर्ताहरुले मान्छेले दिनमा करिब १ घण्टा अरुका पछाडि कुरा गर्ने अर्थात ‘गसिप’ गरेर बिताउने गरेको खुलासा गरेका छन् ।

यसका लागि उनीहरुले ४ सय ६७ मानिसमा अध्ययन गरेका हुन् । सहभागी सबैमा एउटा सानो पोर्टेबल रेकर्डर लगाइएको थियो र दुईदेखि पाँच दिनसम्म उनीहरुका सबै संवाद र अन्तरक्रियाहरु अध्ययन गरिएको युनिभर्सिटीले जनाएको छ ।

यसरी सबै रेकर्डिङको विश्लेषण गर्ने क्रममा नै एउटा सामान्य व्यक्तिले कम्तीमा पनि दिनको ५२ मिनेट अरुका बारेमा कुरा गर्ने गरेको पत्ता लागेको हो तर अध्ययनमा केबल १५ प्रतिशतले मात्र कुरा काट्ने लगायत नकारात्मक कुरा गर्ने गरेको पाइएको छ ।

अध्ययनकी उपप्रमुख तथा विश्लेषक मेगान रोबिन्स भन्छिन्, ‘वास्तवमा हामीले अरुबारे गरिने अधिकांश कुराहरु नकारात्मक, सकारात्मक केही नहुने गरेको पाएका छौँ । अनुसन्धानपछि मानिसहरुले गसिप गर्दा प्रायः तटस्थ अभिव्यक्ति दिने वा ‘न्युट्रल’ रहने गरेको पाइएको हो ।’

उनका अनुसार रेकर्डिङका तीन चौथाइ संवाद सकारात्मक वा नकारात्मक केही भन्न मिल्दैन । यसमा आफ्नो अगाडि नभएका मानिसबारे गरिएका सबै कुरालाई ‘गसिप’ का रुपमा लिइएको थियो जसलाई अनुसन्धानकर्ताहरुले सकारात्मक, नकारात्मक र न्युट्रल गरी तीन थरीमा विभाजित गरेका हुन् ।

पुरुषले भन्दा महिलाले धेरै गसिप गर्ने गरेको पाइएको हो तर उनीहरुको कुरा प्रायः न्युट्रल किसिमको हुने वा जानकारीमा आधारित विषयमा रहने गरेको बताइएको छ । जस्तै उनीहरुबीच भतिजीको कामका बारेमा वा साथीको क्यान्सर उपचार सम्बन्धि लगायत यस प्रकारका कुरा हुने गर्दछ ।

यता युवाहरुले भने वयश्कको तुलनामा बढी नकारात्मक कुरा गर्ने गरेको डाटाले देखाएको छ । त्यस्तै सेलिब्रेटीहरुका बारेमा मानिसले कमै कुरा गर्ने गरेको पाइएको हो जसलाई आश्चर्यजनक मानिएको छ ।

अधिकांश मानिसहरु गरिब र अशिक्षितहरुले धेरै गसिप गर्ने गरेको विश्वास गर्दछन् तर अनुसन्धानले सो भनाइ गलत साबित गरेको छ । अनुसन्धानका अनुसार धनी र शिक्षितहरु नै अरुका बारेमा धेरै कुरा काटिरहेका हुन्छन् ।

अध्ययनकर्ताहरुले प्राकृतिक अवलोकनपछि निकालिएको यो निष्कर्ष वास्तवमै यस प्रचलित तर गलत बुझिएको व्यवहारबारे धेरैको धारणा परिवर्तन गराउने दाबी गरेका छन् । याे अध्ययन ‘सोसियल साइकोलोजिकल एण्ड पर्सनालिटी साइन्स’ नामक जर्नलमा प्रकाशित थियो ।

— एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *