मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा

इन्भेष्टोपेपर ।  जेष्ठ  ३०, २०७७ 

मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ विभाग अन्तर्गत यस बैंकमा नियमित रुपमा कारोवार गर्दै आउनु भएकाग्राहक सदस्यहरुलाई लगानी गरेको कर्जा रकम ग्राहकहरुले कर्जा संचालन गरिरंहदा सदस्यको मृत्यू तथा संरक्षकको मृत्यू र सदस्यको परियोजनामाआगलागीभई क्षती भएको हुदा बैंकले छुट्टाछुटै कार्यालयहरुबाट ग्राहक सदस्यहरुको कर्जा मिनाहा, काजक्रिया खर्च तथा आगलागी राहत वितरण गरेको छ ।

यस बैंकको शाखाकार्यालय सल्यानटार, धादिङबाट लघु कर्जा लिनुभएको कैली दमिनी र महाराजगञ्ज, काठमाडौंबाट लघु कर्जा लिनुभएको श्री कान्छी मर्हजनको असमायिक निधन भएको हुँदा निजले उपभोग गर्दै आएको कर्जाको साँवा र व्याज तथा काजक्रिया रकम क्रमशः रु १ लाख ८ हजार ७ सय १७ रुपैंया र रु १ लाख १४ हजार ८० रुपैंया मृतककै घरमा गई प्रदान गरिएको छ ।
यसैगरी, बैंकको ग्राहक सदस्य धुनिवेसी ७, खानीखोलाकी दुर्गा भण्डारीको श्रीमानको असमायिक निधन र टोखा २, बानियाटारकी मैया बानीयाको श्रीमानको असमायिकमृत्यू भएको हुदाकाजक्रियाखर्च वापतरु ५,००० प्रति सदस्य राहत प्रदान गरिएको छ ।

महाराजगंज कर्जा मिनाहा

यसैगरी, बैंकको शाखाकार्यालय धार्के, धादिङबाट लघु कर्जा लिनु भएका राधाकृष्ण कार्कीले संचालन गर्दै आइरहेको कुखुरापालन परियोजना आगलागी भै क्षति पुग्न गएको हुदा निज सदस्यको परियोजनाको स्थलगत निरिक्षण गरि राहत स्वरुपरु ५,००० रकम राहत वितरण गरिएको छ ।

यसरी विभिन्न शाखा कार्यालयहरुवाट कुल जम्मा २ लाख २७ हजार ७ सय ९७कर्जा मिनाहा तथा राहत वितरण गरिएको बैंकका प्रमुख सुचनाअधिकारी तिलबहादुर गुरुङ्गले बताउनु भयो । विषम परिस्थितीको यो समयमा पनि बैंकका कर्मचारीहरु सामाजिक तथा भौतिक दुरी कायम गर्दै ग्राहकहरुलाई स्थलगत रुपमा नै उपस्थित भै कर्जा मिनाह तथा राहत वितरण गरेका हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *