यो हप्ता आउन लागेका ४ वटा कम्पनीका आईपिओमा कति कित्ता आवेदन गर्ने ?
नेपालको शेयर बजारमा पछिल्लो समयमा धेरै जसो लघुबित्त र हाईड्रोपावर कम्पनीका आईपीओहरु निष्कासन भएको पाईएको छ। भर्खरै मात्र हिमालयन ऊर्जाको पनि शेयर बाँडफाँड भएको छ। यस्तै तोकिएको अवधिमा बिक्रि नभएपछि युनियन हाईड्रोको आईपीओ भर्ने अवधि बढाइएको छ।
लघुबित्त कम्पनीको आईपीओ निष्कासनलाई भने नेपालका शेयर लगानीकर्ताले सधै राम्रो प्रतिक्रिया दिएका छन्। यसको उदाहरण आशा र स्पर्शमा परेको उल्लेख्य आवेदनलाई लिन सकिन्छ। यो हप्ता पनि दुईवटा लघुबित्त र दुईवटा जलविधुत्त कम्पनीहरुले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै छन्।
अब शेयर लगानीकर्ताले न्युनतम १० कित्ता शेयर भर्न पाउने प्रयोजन हालसालै धितोपत्र बोर्डले ल्याएकोले गर्दा शेयर भर्नेको संख्यामा पनि बृद्धि आउने अनुमान गर्न सकिन्छ।
तल टेबलमा हेर्नुहोस यो हप्ता आउन लागेका ४ कम्पनीका आईपीओको विवरण।

