भारतले नेपालबाट निर्यात हुने औषधीजन्य जडिबुटीमा प्रतिवन्ध लगायो।

भारतले पछिल्लो एक महिनामा नेपालबाट निर्यात हुने औषधीजन्य जडिबुटिमा कडाई गर्दै आएको छ। नेपालगंजबाट भारतमा प्रवेश गर्ने औषधीजन्य जडिबुटिमा प्रतिवन्ध लागे सँगै त्यहाँको स्थानीय व्यापारलाई ठूलो असर पुगेको छ।

स्थानीय व्यापारीका अनुसार भारतले जडिबुटीमा प्रतिबन्ध लाउनुको कारण नेपाल सरकारले औषधीजन्य जडिबुटीको वैज्ञानिक नाम प्रमाणीकरण गर्न नसक्नु बताएका छन्। हालसालै भारतले नयाँ अलग्गै निती लागु गर्नाले सो प्रतिवन्ध लागेको हो।

भारतीय अधिकारीहरुले पनि प्रतिक्रिया दिंदै नेपाल सरकारले तोकेको समयमा औषधीजन्य जडिबुटीको बर्गिकरण गर्न नसकेकोले प्रतिवन्ध लगाएको जनाएका छन्। भारत सरकारले नेपाल सरकारलाई ६ महिनाको अवधि दिईएको पनि उनले बताए।

नेपालगंजका सम्बन्धित अधिकारी थमन बहादुर कार्कीले राम्रो माग भएता पनि धेरै औषधीजन्य जडिबुटीको उचित वैज्ञानिक नाम आफू सँग नभएको बताए।

नेपालको गोदाममा लगभग १०,००० मेट्रिक टन औषधि अड्किएको अनुमान गरिएको छ र धेरै समय सम्म यसको निर्यात नभए त्यसको औषधीजन्य गुण हराउने छ। यसकारण नेपाली व्यापारीलाई यो वर्ष नयाँ नियमले गर्दा लाखौंको क्षति हुने भएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *