राष्ट्र बैंकले माग्याे पाँच करोडभन्दा माथिका कर्जा ग्राहकको विवरण
इन्भेष्टोपेपर । वैशाख ०९, २०७७
नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई ५ करोडभन्दा बढी कर्जा लिने ग्राहकहरूको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।
बैंकले जारी गरेकाे निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल ५ करोड वा सोभन्दा बढी कर्जाको ग्राहक अनुसारको विवरण जेठ १५ गतेभित्र पठाउनु पर्ने छ । विवरण राष्ट्र वैंककाे रिपोर्टिङ्ग पोर्टल reporting.nrb.org.np मा उपलब्ध ढाँचाअनुसार उपलब्ध गराउन निर्देशन दिएको हो।

