सनराइज बैंकका ग्राहकहरुलाई नेपमेडस् र काठमाडौ अरगेन्किस्मा विशेष छुट

इन्भेष्टोपेपर । वैशाख  ११, २०७७ 

सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ । ग्राहकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बैंकले हालको लकडाउनको अवस्थामा पनि नेपमेडस् प्रा. लि. (NEPMEDS PVT LTD) र काठमाडौं अरगेन्किस् (Kathmandu Organics) बाट सनराइज बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यु.आर कोड (QR code) प्रयोगगरी सामान खरिद गर्दा १० प्रतिशत वा रु ५०० सम्मको विशेष छुट पाउने व्यवस्था मिलाएको छ । नेपमेडस् प्रा. लि. ( NEPMEDS PVT LTD ) ले उपत्यकाका ग्राहकहरुलाई घरमै औैषधी पुर्याउदै आएको छ भने काठमाडौं अरगेन्किस् (Kathmandu Organics) ले विभिन्न अर्गानिक खाद्ययान्न अनलाइन मार्फत उपलव्ध गराउँदै आएको छ । उक्त छुट लकडाउन अवधिभर रहने बैकले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण देशभर भइरहेको लकडाउनले खाद्ययान्न तथा औषधी जस्ता अति आवश्यक सामान खरिद गर्न अप्ठेरो भइरहेको वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौताहरु ग्रिएको बैंकले जनाएको छ । साथै घरमा नै सुरक्षित बसी Digital Banking सुविधाको उपभोग गर्न बैंकले आग्रह गरेको छ ।
बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटिम नेटवर्क, अनलाइन बैंकिङ्ग सेवाका साथै केहि नगद काउन्टर, रेमिटयान्स सेवाहरु सुचारु राख्दै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *