साउदी अरवले अप्रिल ३० सम्म भिसाको अवधि थप्ने
इन्भेष्टोपेपर । चैत्र १९, २०७६
काठमाण्डौ – साउदी अरवले संसारभरी फैलिएकाे काेराेना भाइरसकाे प्रकाेप र लकडाउनले गर्दा भिसाकाे अवधि सिद्धिएकाहरूकाे अप्रिल ३० सम्म भिसाको अवधि थप्ने भएकाे छ ।
अव साउदीमा काम गरिरहेका र घर बिदामा आउँदा कोरोनाको जोखिम र लकडाउनका कारण रोजगारीमा फर्कन नपाउँदा भिसा र साउदीको आईडीको म्याद सकिएकाहरूले राहत पाउने भएकाछन ।
साउदीले पारिवारिक, पर्यटक वा व्यवसायिक भिसामा साउदी पुगेका तर कोरोना भाइरसको कारण भिसाको अवधिभित्र स्वदेश फर्किन नसकेका वा अवधि थप्न नपाएकाहरुको जरिबाना मिनाहा गरी सरकारी दस्तुर मात्र तिरेपछि २०२० अप्रिल ३० सम्म अवधि थप्ने भएको छ । साउदीमा रहेको नेपाली दूतावासका अनुसार यो अवधि उडान नखुलेसम्म जारी रहने छ ।
साथै, साउदीको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस समाप्तीको घोषणा गरिसकेपछि साउदीबाट बिदामा गएका सबैको आईडीको र भिसाको अवधि नवीकरण हुने पनि दूतावासले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस पूर्ण रूपमा समाप्त भएको घोषणा गरेको ३० दिनसम्म यी प्रकृयाको समयावधि कायम रहने छ ।
— एजेन्सी
