सेयर लगानिकर्ताले पढ्नै पर्ने ६ उत्कृष्ट किताबहरु
लगानी गर्नु आफैमा एउटा चुनौतिपूर्ण काम हो। भलै लगानीलाई धेरैले लक र ब्याड लकको नाम पनि दिइएको पाइन्छ। कसैले सेयर बजारमा कमायो भने लक त गुमायो भने ब्याड लक पनि भन्छन्। छोटो समयको सोच राखेर लगानी गरे चाहिँ त्यसो भन्न मिल्ला तर लामो अवधिको सोच राखेर लगानी गर्ने हो भने पक्कै पनि तपाईले त्यसमा सहमति जनाउनु हुन्न।
लगानीको जोखिमबाट बच्न जिम्मेवार भएर लगानी गर्न जरुरी छ। कुनै पनि क्षेत्र मा सफल हुन त्यस क्षेत्र को ज्ञान हासिल गर्न जरुरी छ। यसै कारण सेयर बजारमा लगानी गर्नु अगाडि पनि पूर्व तयारी गर्नु जरुरी देखिन्छ। तसर्थ सेयर बजारमा लगानी गर्दा उपयोगी हुने किताबहरुको बारेमा जान्नु जरुरी छ।
तलका ६ किताब तपाइँको लागी महत्वपूर्ण हुन सक्छ।
- “ The Essays of Warren Buffett”- लरेन्स ए कनिंगहाम
- “ The Intelligent Investor”- बेन्जामिन ग्राहाम
- “ The Little Book of Common Sense Investing”-जोन सि बोगल
- “ The Random Walk Down Wall Street”- बर्टन जि म्यालकिल
- “ Thinking, Fast and Slow”- ड्यानियल कानेमान
- “One Up on Wall Street”- पिटर लिन्च
माथि उल्लेखित किताबहरु लगानी तथा सेयर बजारका दिग्गजहरुले लेखेका किताब हुन्। यसकारण पनि यसको अझ बढी महत्व छ।
