१० मेगावाट सम्मका जलविद्युतलाई हर्जना नलगाउन निर्देशन
इन्भेष्टाेपेपर । असाैज २६, २०७७
विद्युत नियमन आयोगले १० मेगावाट भन्दा कमका जलविद्युत कम्पनीलाइ हर्जना नलगाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ ।
आयोगले नदीको वहावमा कमी भएको कारणले विद्युत ऊर्जा उत्पादनमा कमी हुँदा विद्युत खरिदकर्ताले विद्युत बिक्रीकर्तालाई क्षतिपूर्ति दिनु नपर्ने व्यवस्था गर्न प्राधिकरणलाई पत्राचार गरेको हो ।
यसैगरी, बाढी, पहिरो, र भुकम्प लगायतका अन्य काबु बाहिरको परिस्थितिको कारणले सम्बन्धित प्रसारण लाइन वा सबस्टेशनमा क्षति पुग्न गएमा विद्युत खरिदकर्ताले बिक्रीकर्तालाई क्षति दिनु नपर्ने व्यवस्था पनि गरेको छ ।
१० मेगावाट भन्दा साना जलविद्युत अयोजनाको विद्युत उत्पादनको पूर्वानुमानलाई आधार मानी हर्जना स्वरुप कुनै रकम असुल गरेको भएमा सो रकम सम्वन्धित विद्युत बिक्रीकर्ताकाे आगामी महिनाको बिलिङ रकममा समायोजन हुने गरी कार्यान्वयन गर्न समेत आयोगले भनेको छ ।
