१३औँ साग खेलकुद-भुटानलाई हराउँदै फुटबलको स्वर्ण नेपाललाई

Investopaper, मंसिर २४, २०७६

१३औँ दक्षिण एशियाली खेलकुद अन्तर्गत फुटबलतर्फको प्रतिस्पर्धात्मक फाइनल खेलमा नेपालले भुटानलाई पराजित गर्दै स्वर्ण पदक जितेको छ।

योसँगै नेपालले चौथो पटक साग फुटबलको उपाधि जितेको हो। अघिल्लो सागको विजेता टोली नेपाल आत्मविश्वासी टोलीका रूपमा मैदानमा उत्रिएको थियो।

भुटानविरुद्धको फाइनल

सुरुमा नेपालले भुटानविरुद्ध अग्रता लिएको थियो। खेलको १६ औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल प्रहार गरेका थिए।

तर ३७ औँ मिनेटमा भुटानका च्येन्चो ग्याल्त्सेनले आकर्षक गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। खेलको ५३ औँ मिनेटमा नेपालका लागि सुनिल बलले गोल गरेका थिए। उक्त गोल नै निर्णायक बन्न पुग्यो। ८९ मिनेटमा पनि नेपाल गोलको नजिक पुगेको थियो।

९४ औँ मिनेटमा भुटानले राम्रो प्रहार गरेपनि नेपाली गोलरक्षकले जोगाएका थिए। ठूलो सङ्ख्यामा उपस्थित समर्थकहरूले नेपाली टोलीको हौसला बढाएका थिए।

अपराजित

यसअघि नेपालले लीग चरणको पहिलो खेलमै भुटानलाई ४-० ले हराएको थियो।

  • स्वर्ण पदकका लागि प्रर्धिस्पर्धा गर्न लागेका नेपाल र भुटानमध्ये को बलियो
  • फुटबलमा शानदार खेल प्रदर्शन गर्दै नेपालद्वारा भुटान पराजित
  • आफ्ना सबै खेलमा अपराजित रहँदै नेपाल साग फुटबलको फाइनलमा प्रवेश गरेको थियो।
  • सन् १९८४, सन् १९९३ र सन् २०१६ मा गरी नेपालले तीन पटक दक्षिण एशियाली उपाधि जितिसकेको छ।

भुटान भने पहिलो पटक सागको फाइनलमा प्रवेश गरेको हो। अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाको तालिकामा नेपाल र भुटान दुवै पुछारतिर रहेका छन्।

     नेपाल १७० औँ स्थानमा छ भने भुटान १८९ औँ स्थानमा छ।

-वीवीसी नेपाली-

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *