लिवर्टी ईनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

इन्भेष्टोपेपर । भाद्र ०७, २०७७ 

लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आइतवार अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता शेयर विक्री खुला गरेको हो ।

पहिलो चरणमा स्थानियलाई जारी गरिएको १५ लाख कित्ता आईपीओ मध्य विक्री हुन नसकेको १३ लाख १५ हजार ९३० कित्तासमेत जोडेर सर्वसाधारणमा आईपीओ विक्री गर्न लागिएको हो । उक्त कम्पनीको शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

सर्वसाधारणका लागि पनि शेयर बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड पुग्नेछ । चुक्तापूँजीमा संस्थापक तर्फ ७५ प्रतिशत, सर्वसाधारण शेयरधनीतर्फ २५ प्रतिशत शेयर स्वामित्व रहनेछ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *