डेभ्लपमेन्ट एलाएन्सद्वारा कृषि वित्त सम्वन्धि भर्च्यूयल तालीम सम्पन्न
इन्भेष्टोपेपर । भाद्र ३०, २०७७
जहाँ इच्छा त्यहाँ उपाय भन्ने उखानलाई चरितार्थ गर्दै काेराेना महामारीकाे बिचमा डेभ्लपमेन्ट एलाएन्स नेपालद्वारा कृषि वित्त सम्वन्धि चार दिने भर्च्यूयल तालिम सम्पन्न भएकाे छ ।
कृषि वित्त तालीम (Agricultural sector finance Training) सिभल बैकका विभिन्न शाखाका कार्यरत २१ जना प्रवन्धकहरूलाई भर्च्यूयल माध्यमबाट दिइएकाे हाे । उक्त चार दिने तालीमकाे समापन समेत वेविनारकाे (जुम मिटिंग) माध्यमबाट गरिएकाे थियाे । समापन कार्यक्रममा सिभिल बैंकका प्रमुख कार्यकारी प्रमुख गाेविन्द गुरूंग, एसएमइ प्रमुख युवराज गुरागाँइका साथै प्रशिक्षार्थी तथा सबै प्रशिक्षकहरूकाे सहभागिता रहेकाे थियाे ।
उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत गुरूंगले सिक्ने र सिकाउने क्रमलाइ जारी राख्न अनिवार्य हुने र राेगका साथै भाेकसंग लडन पनि उत्तिकै जरूरी भएकाे बताउनु भयाे । भाेकसंग जुध्ने भनेकाे कृषि क्षेत्र नै भएकाले उत्पादन र उत्पादकत्व बढाउन अनिवार्य रहेकाे र उचित तवरले आवश्यक पूँजी प्रवाह गर्ने ज्ञान, सीपकाे अभिवृद्धिकाे लागि तालीम फलिभूत हुने विश्वास व्यक्त गर्नु भयाे ।
उहाँले पाकिस्तान लगायत विभिन्न अरेबियन देशहरूमा प्रतिकुल परिस्थितिका बावजुद कृषिमा राम्राे प्रगति गरेकाे उदाहरण दिदै आधुनिक कृषिमा २ सय प्रतिशतसम्म नाफा लिन सकिने अवस्थालाइ मध्यनजर गरि लगानी बढाउन आग्रह गर्नुभयाे । उहाँले यस तालीमबाट कृषि कर्जा एप्रेजल सम्वन्धि सिकेकाे ज्ञान, सीप ११४ वटै शाखाहरूमा विस्तार गर्न सहभागीहरूलाई आग्रह गर्नुभयाे ।
तालीममा सहभागीहरूकाे तर्फबाट मनिता श्रेष्ठ र अमनराज खडकाले तालीम समग्रमा फलदायी रहेकाे बताउँदै गाइपालन, बाख्रापालन, कुखुरापालन, कफिखेती, काेल्ड स्टाेरेजकाे ज्ञान तथा लगानी नर्म्सकाे बारेमा स्पष्ठ भएकाे तथापी छाेटाे समयका कारण वित्तिय विश्लेषणमा अलि कम केन्द्रित रहेकाे बताउनु भयाे । त्यसेगरि युवराज गुरागाँइले दक्ष टिमबाट प्रदान गरिएकाे तालीम कार्यक्रमबाट आफ्ना कर्चारीहरूले धेरै कुरा सिकेकाे र अब कार्यान्वयनमा सहजता हुने विश्वास व्यक्त गर्नुभयाे ।
यस तालीम एवं वेविनारकाे संयाेजन विजयराज पाेखरेलले गर्नु भएकाे थियाे भने प्रशिक्षक एवं एलाइन्सकाे तर्फबाट ताेयानाथ पाण्डेले तालिमकाे उपादेयताकाे बारेमा प्रकाश पार्नु भएकाे थियाे । यस प्रकार भर्च्यूयल माध्यमबाट प्रदान गरिएकाे याे पहिलाे तालीम भएकाे र यसबाट सुखद अनुभूति मिलेकाे विचार व्यक्त गर्नुभयाे । उहाँले यस पटकका कमिकमजाेरिलाई आगामी दिनमा अझ परिष्कृत गर्दै लगिने तथा बैंकले पनि कृषि कर्जाकाे लागि भाैगाेलिक अवस्थिति अनुरूप शाखा बर्गिकरण गरेर लगानी गर्दा राम्राे प्रतिफल मिल्नसक्ने र हामीहरूले पनि साेही प्रकारका उदेश्यहरूमा केन्द्रित रहेर प्राेजेक्ट एप्रेजल सम्वन्धि सघन ज्ञान, सीप हस्तान्तरण गर्न सक्ने बताउनु भयाे ।
